१४ चैत्र २०८२, शनिबार | March 28, 2026

बाँकेमा थपियो जेठ ३१ गते सम्म निषेधाज्ञा, कार्यान्वयन भने फितलो



नेपालगन्ज । कोरोना महामारी नियन्त्रण तथा रोकथामलाई भन्दै बाँकेमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागिथपिएको छ । बैशाख ८ देखि नेपालगन्ज उपमहानगरबाट र १३ गतेदेखि बाँके जिल्ला भर जारी गरिएको निषेधाज्ञा आज राती १२ बजे सम्मका लागि आदेश गरिएको थियो । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा जेठ ३१ गते राति १२ बजेसम्मका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आदेश जारी गरेका छन् ।

जिल्लामा कोभिड–१९ संक्रमणको दरमा केहि कमी आएपनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक साता बढाइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको आदेशमा उल्लेख छ । निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा निषेध गरिएको छ । आदेशमा बन्दहुने केहि सेवाहरुलाई खुकुलो बनाईएपनि बाँकी सबै पूर्ववत बन्द गरिने आदेशमा उल्लेख गरिएको छ । दैनिक उपभोग्य समाग्रीका पसलहरुको समयावधी बढाएर १२ बजे सम्म बनाईएको छ भने बैंक तथा बिमा, बीउ विजन, कृषि औजार, बिषादीका पसल, निर्माण सामग्री पाइने पसल भने सिमित कामदार राखेर स्वास्थ्य मापदण्ड अपनाएर खोल्न पाइने सुचनामा उल्लेख छ ।

बाँकेमा निषेधाज्ञा बढाइए पनि कागजमा मात्र कार्यान्वयन देखिएको छ । जिल्लाका अधिकाँस स्थानहरुमा निषेधाज्ञाको कुनै प्रभाव रहेको छैन ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ५ : ०५ बजे

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति

ओली पक्राउ विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध नेकपा (एमाले)

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर