२२ भदौ २०८३, सोमबार | September 8, 2026

अन्योलमै खोप वाचा



काठमाडौं । विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका, बेलायतलगायत देशले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि परिणाम शून्य छ ।

ती देशले खोप उपलब्ध गराउने मिति र समय अझै घोषणा गरिसकेका छैनन् । पछिल्लोपटक चीन सरकारले मात्रै १० लाख मात्रा भेरोसिल खोप उपलब्ध गराएको छ । खोप लगाउन पाउने आशामा रहेका आमनागरिक प्रताडितसमेत बनेका छन् । त्यस्तै, खरिद प्रक्रियामार्फत खोप ल्याउन सरकारले पहल गर्दै सम्बन्धित देशमा पत्राचार गर्दासमेत ठोस जवाफ आएको छैन ।

उनीहरूले खोप दिन इच्छा जाहेर गरे पनि कहिले, कति मात्रा रु उपलब्ध गराउने निचोड दिएका छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवादमार्फत ‘खोप उपलब्ध गराउन’ आग्रह गरेकी थिइन् । भारत, बेलायत, रुस र अमेरिकी राष्ट्रपतिलाई समेत खोप उपलब्ध गराउन उनले पत्राचार गरिसकेकी छन् ।

तीमध्ये भारत सरकारले भने तत्काल कोभिसिल्ड खोप उपलब्ध गराउन नसक्ने प्रस्ट पारिसकेको छ । जबकि स्वास्थ्य मन्त्रालयले भारतलाई १० लाख मात्रा खरिदका लागि रकमसमेत उपलब्ध गराइसकेको छ । त्यस्तै, अमेरिकाले नेपाललगायतका देशलाई ‘कोभ्याक्स फ्यासिलिटी’मार्फत खोप उपलब्ध गराउने भने पनि ‘ कहिलेसम्म नेपाल आइपुग्ने रु अन्योल कायमै छ । नेपाल सरकारले चीनसँग पहिलो चरणमा २० लाख डोज खोप किन्ने प्रस्ताव गरेको थियो ।

तर, चीन सरकारले ‘खोप खरिद गर्ने भए सर्तसहितको प्रस्ताव राखेको थियो । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले खोप सहज उपलब्धताका लागि आफ्नो ध्यान केन्द्रित रहेको बताए । ‘खोप सुनिश्चिताका लागि लागिपरेको छु । केही समयमा परिणाम निस्किनेगरी अघि बढ्छु,’ उनी भन्छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा। तारानाथ पोखरेलले कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेकालाई एस्ट्रेजेनेका खोप लगाइने जानकारी दिए ।

उनका अनुसार २३ फागुन २०७७ देखि १० चैतसम्म कोभिसिल्ड खोप पहिलो मात्रा पाएका व्यक्तिले दोस्रो लगाउने समय भइसकेको छ । एस्ट्रेजेनेका खोप नेपाललाई प्राप्त भएको १२ सातापछि यो खोप लगाउन मिल्ने डा। पोखरेल बताउँछन् । स्वास्थ्य मन्त्रालयले प्राथमिकताका आधारमा २ करोड १७ लाख नागरिकलाई खोप लगाउने लक्ष्य निर्धारण गरेको छ ।

तर, अहिलेसम्म अनुमानित ३९ लाख मात्रा खोप मात्रै नेपाल भित्रिएको अवस्था छ । सरकारले आज मंगलबारदेखि ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको पहिलो खोप लगाउँदै छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा भेरोसिल खोप लगाउन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ६ : ५८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार