७ श्रावण २०८३, बिहिबार | July 23, 2026

भारतमा दुई महिना यताकै कम संक्रमित, २४ घण्टामा ८७ हजार थपिए



काठमाडौं । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई महिना यताकै कम भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र ८७ हजार ३४५ जना नयाँ संक्रमित थपिएका छन । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख नाघेको छ ।

भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ । नयाँ संक्रमितको संख्यासँगै दैनिक मृतकको संख्या पनि बिस्तारै घट्न थालेको छ । भारतमा पछिल्लो २४ घण्टामा २१ सय १५ को मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख ५१ हजार नाघेको छ । संक्रमितमध्ये २ करोड ७३ लाखभन्दा बढी निको भइसकेका छन् भने १३ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ८ : ५० बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ