१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

एमाले उपाध्यक्ष वामदेव गौतमले गरे २०७५ जेठ २ पूर्वको स्थायी समिति बैठकको माग (विज्ञप्ति सहित)



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं एकता अभियानका संयोजक वामदेव गौतमले पार्टी एकताका लागि २०७५ जेठ २ अगाडिको स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।

गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै २०७५ जेठ २ गते कायम रहेका स्थायी समिति बैठक बोलाउन आग्रह गरेका हुन् ।गौतमले छिटोभन्दा छिटो २०७५ जेठ २ गते कायम रहेको नेकपा (एमाले) को दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।

उनले विज्ञप्तिमा सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना वा विघटन सदर जुनसुकै फैसला आए पनि एमाले एकताबद्ध एमाले आवश्यक रहेको समेत बताएका छन् । ‘सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनस्र्थापना वा प्रधानमन्त्रीको कदमलाई सदर गरेको अवस्थामा निर्वाचनमा जान परे पनि दुबै अवस्थाका चुनौतिलाई सामना गर्न एकतावद्ध नेकपा ९एमाले० तयार छ भन्ने सन्देश दिने गरी छलाङ लगाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुपर्दछ,’ गौतमको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अध्यक्ष ओलीको पछिल्लो वक्तव्य कुटिल र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको भए पनि एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थाबाट अगाडि बढाइने भन्ने बुँदा सकारात्मक रहेको गौतमले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यस्ताे छ गाैतमकाे विज्ञप्ति :

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ८ : १४ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज