७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रतिनिधिसभा विघटन मुद्दा : सुनुवाइ गर्न आज संवैधानिक इजलास बस्दै



काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि सुनुवाइका लागि सोमबार बस्दै नबसी स्थगित भएको इजलास आज बस्न लागेको हो । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ ।

प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार पुनर्गठन गरी सुनुवाइ सुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो । प्रधान्यायाधीश राणाको स्वास्थ्यमा समस्या आएपछि सुनुवाइ बुधबारका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिएका छन् ।

इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन । सरकारी पक्षका वकिलहरुले संवैधानिक इजलास गठनमा रहेका सबै न्यायाधीसले सुनुवाइ गर्न नसक्ने भन्दै निवेदन दिएपछि आइतबारको इजलासमा विवाद भएको थियो । कुनै पनि न्यायाधीसले सुनुवाइ गर्न नसक्ने भन्ने सरकारी पक्षका वकिलहरुलाई प्रधानन्यायाधीस चोलेन्द्र जबराले अवहेलना ठहर हुने चेतावनी दिएका थिए ।

प्रतिनिधिसभा विघटन विरुद्ध ३० रिट निवेदन परेका छन् । ती मध्ये २६ वटा रिटमा संविधानको धारा ७६५ अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरिएको छ । ४ वटामा केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने माग गरिएको छ ।

मन्त्रिपरिषद्को यही जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ८ : ४५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई