३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

प्रतिनिधिसभा विघटन मुद्दा : सुनुवाइ गर्न आज संवैधानिक इजलास बस्दै



काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि सुनुवाइका लागि सोमबार बस्दै नबसी स्थगित भएको इजलास आज बस्न लागेको हो । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ ।

प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार पुनर्गठन गरी सुनुवाइ सुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो । प्रधान्यायाधीश राणाको स्वास्थ्यमा समस्या आएपछि सुनुवाइ बुधबारका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिएका छन् ।

इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन । सरकारी पक्षका वकिलहरुले संवैधानिक इजलास गठनमा रहेका सबै न्यायाधीसले सुनुवाइ गर्न नसक्ने भन्दै निवेदन दिएपछि आइतबारको इजलासमा विवाद भएको थियो । कुनै पनि न्यायाधीसले सुनुवाइ गर्न नसक्ने भन्ने सरकारी पक्षका वकिलहरुलाई प्रधानन्यायाधीस चोलेन्द्र जबराले अवहेलना ठहर हुने चेतावनी दिएका थिए ।

प्रतिनिधिसभा विघटन विरुद्ध ३० रिट निवेदन परेका छन् । ती मध्ये २६ वटा रिटमा संविधानको धारा ७६५ अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरिएको छ । ४ वटामा केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने माग गरिएको छ ।

मन्त्रिपरिषद्को यही जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ८ : ४५ बजे

पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी

पाल्पा । जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी

‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल

बाँकेमा १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव भएपछि अस्पताल भर्ना, एकजना पक्राउ

नेपालगन्ज । बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार