१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

कोरोना संक्रमितको घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान



डोटी । जिल्लामा पछिल्लो समय दैनिकरूपमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या थपिँदै जान थालेपछि उनीहरुको जीवनरक्षाका लागि यहाँका विभिन्न सङ्घसंस्थाले घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्न थालेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दोस्रो चरणको कोरोना भाइरसका कारण जिल्लामा कम्तीमा पनि एक हजार १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा कोरोना सङ्क्रमण निको हुने क्रमसँगै बढ्ने क्रम बढी देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।

यसै सिलसिलामा कोरोना सङ्क्रमण भएका व्यक्ति तथा उनीहरुका परिवारको सुरक्षाका लागि जिल्लामा कार्यरत सम विकास केन्द्र नामक गैरसरकारी संस्थाले सङ्क्रमितका घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्ने अभियान सञ्चालन गरेको छ ।

विदेशी दातृ निकाय एक्सनएड नेपालको सहकार्यमा उक्त संस्थाले जिल्लाको दिपायल सिलगढी नगरपालिकामा रहेका कोरोना सङ्क्रमणमा परेका व्यक्तिका परिवारलाई स्वास्थ्य सामग्री प्रदान गर्ने अभियान सञ्चालन गरेको संस्थाका अध्यक्ष अधिराज बिसीले जानकारी दिए । उनका अनुसार संस्थाले मङ्गलबार नगरपालिकाको वडा नं ५ को होमआइसोलेशनमा रहेका ३४ कोरोना सङ्क्रमितका घरपरिवारका सदस्यलाई घरैमा पुगेर स्वास्थ्य सामग्री वितरण गरेको छ ।

वडाका अन्य नागरिकमा कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् तथा कोरोनाबाट जोगिन सावधानी अपनाउन् भन्ने उद्देश्यले होमआइसोलेशनमा रहेका घरपरिवारका व्यक्तिलाई स्वास्थ्य तथा सरसफाइका सामग्री स्यानिटाइजर, सर्जिकल मास्क, पल्स अक्सिमिटर, डिजिटल थर्मोमिटर, साबुन, पेपर टावेल र स्यानिटरी प्याडसहित प्रतिपरिवार रु दुई हजार २२७ बराबर सामग्री वितरण गरिएको संस्थाका पूर्वअध्यक्ष केशव परियारले जानकारी दिए । सामग्री वितरणका साथै विश्वव्यापीरूपमा फैलिरहेको कोभिड-१९ को महामारीबाट बच्न, रोकथाम गर्न, सुरक्षा मापदण्डको पालना गर्न पोष्टरमार्फत सचेतनामूलक जानकारी गराइएको बताइएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ९ : ०८ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित