३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

राष्ट्रियसभाका नवनिर्वाचित सांसद पाण्डेले लिए सपथ



काठमाडौं । राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट निर्वाचित सांसद दृघनारायण पाण्डेले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

संसद सचिवालयमा बुधबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ गराएका हुन् ।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा निर्वाचित चन्द्रबहादुर खड्काले दल त्याग गरेर एमाले बनेपछि रिक्त बनेको अन्य समुहअन्तर्गतको स्थानमा यही जेठ १७ गते उपनिर्वाचन भएको थियो ।

सो उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्रसहितका विपक्षी दलको साझा उम्मेदवार बनेका पाण्डेले एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै विजयी भएका थिए ।

पाण्डे त्यसअघि लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका सांसद थिए । एमाले दल परित्याग गर्दै पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ११ : ४१ बजे

एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

काठमाडौँ । सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा विभिन्न शिक्षालयमा

घरधनीले तिर्नुपर्ने घरबहाल कर जबरर्जस्ती ब्यवसायीबाट असुली गरिएको गुनासो

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुमाथि अन्याय गरेको

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दाङ । आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाइँदै

ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा