१५ बैशाख २०८१, शनिबार | April 27, 2024

प्रदेशसभा सभामुखद्वारा सर्वोच्चमा पहिलो पटक ‘भ्याकेट’ निवेदन दर्ता



काठमाडौं । संघीय गणतन्त्र स्थापना भएपछि सर्वोच्च अदालतमा प्रदेशसभाका सभामुखकाे तर्फबाट पहिलो भ्याकेट निवेदन दायर भएको छ । गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले सर्वोच्चमा ‘भ्याकेट’ निवेदन दायर गरेका हुन् । गण्डकी प्रदेशका जनमोर्चाका सांसद कृष्ण थापालाई सर्वोच्चले पुनर्बहाली गरेपछि त्यसमा ‘भ्याकेट’ का लागि सभामुख अधिकारीले​ निवेदन दर्ता गराएका हुन् ।

‘भ्याकेट’ निवेदनमा सर्वोच्चको अन्तरिम आदेश खारेज गर्न माग गरिएको छ । सर्वोच्चले सो निवेदनमा बिहीबारका लागि पेशी तोकेको छ । स्मरण रहोस् गण्डकी प्रदेशमा बिहीबार नै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले विश्वासको मत लिँदैछन् ।

सर्वोच्च अदालतले प्रदेशसभा सदस्यबाट कारवाही गरिएका थापालाई प्रदेशसभा सदस्यकै रुपमा काम गर्न दिन जेठ २३ मा अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो ।

इजलासले विपक्षीहरूलाई १५ दिनभित्र थापालाई पदमुक्त बनाएको सम्बन्धमा र उनीमाथि कारवाही गरिएको सम्बन्धमा सभामुख र राजमो संसदीयदललाई लिखित जवाफ दिन आदेश दिएको थियो । सभामुखले जवाफको बदलामा ‘भ्याकेट’ निवेदन दर्ता गराएका हुन् ।

गत वैशाख २९ गते हुने भनिएको सरकार गठनसम्बन्धी दावीमा प्रदेशसभा सदस्य थापाले हस्ताक्षर गर्न अस्वीकार गरेको अभियोगमा उनलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम जनमोर्चाको सिफारिसमा हटाइएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ४ : ४२ बजे

 ‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’  :  शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा

टस जितेपछि वेस्ट इन्डिज ए विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको

ताइवानमा ६.१ रेक्टरको भूकम्प

काठमाडौं । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान

काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले