१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

बुटवलमा महामारी विरुद्ध स्वास्थ्य सहायता कक्ष



बुटवल । कोभिड–१९ को महामारी विरुद्धको अर्को अभियान अन्तर्गत बुटवलमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ । बुटवल उपमहानगरपालिका र नेपाल स्काउटको सहकार्यमा बुटवलका विभिन्न सार्वजनिक स्थानमा सर्वसाधारण लक्षित स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको हो ।

उपमहानगर र नेपाल स्काउटको बुटवल उपमहानगर समितिको सहकार्यमा बुटवलको हस्पिटल लाइन, राजमार्ग चौराहा र पारी बुटवल मैनाबगरमा कोरोनाबाट जोगिने सूचना सहितको सचेतना कक्ष सञ्चालनमा आएका छन् ।

आमसर्वसाधारणको बढि आवागमन हुने तथा जनघनत्व धेरै भएको स्थानलाई लक्षित गरेर स्वास्थ्य सचेतना जगाउने कार्यक्रमसहित सञ्चालन गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । आजबाट संचालनमा आएको स्वास्थ्य सहायता कक्षको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले शुभारम्भ गरेका थिए ।

शुभारम्भ कार्यक्रममा बोल्दै उपमहानगर प्रमुख सुबेदीले अत्यावश्यक काम परेर हिंड्ने तथा जानकारी लिन चाहने कुनै पनि नागरिकलाई महामारी विरुद्धको स्वास्थ्य सुरक्षाका उपाय सिकाउने र उपलव्ध स्वास्थ्य सामग्री प्रदान गरिने जानकारी दिए । महामारीको सामना गर्न सबैले स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने र साझा संकल्पका साथ उच्च मनोबल राखेर समर्पित हुनुपर्नेमा प्रमुख सुवेदीले जोड दिए ।

सहायता कक्षमा स्वास्थ्य सुरक्षाका विषयका जानकारहरु रहने र उनीहरुले प्राथमिक उपचार र उद्दारका विषयमा समेत जानकारी गराउने गरि व्यवस्था मिलाइएको स्काउटका लुम्बिनी प्रदेश प्रमुख दिनानाथ भट्टराईले जानकारी दिए ।

सहायता कक्षमा स्वस्थकर्मी सहित अक्सिजन लेभल नाप्ने मेसिन अक्सिमिटर, ज्वरो नाप्ने थर्मल गन, गुणस्तरीय सर्जिकल मास्क, सेनिटाइजर, पानी, पञ्जा, टिसूपेपर लगायतका सामाग्री उपलब्ध छन । बाटोमा हिड्ने जो कोही पनि जोखिममा पर्नबाट जोगाउने उद्देश्यका साथ कार्यक्रम संचालन गरिएको स्काउट प्रमुख भट्टराईले बताए ।

बुटवल उपमहानगरले सञ्चालन गरेका महामारी विरुद्धका अभियानमा विभिन्न सामाजिक संघसंस्था तथा निजी क्षेत्रको समेत सहकार्य रहँदै आएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ५ : २९ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित