७ पुस २०८२, सोमबार | December 22, 2025

बुटवलमा महामारी विरुद्ध स्वास्थ्य सहायता कक्ष



बुटवल । कोभिड–१९ को महामारी विरुद्धको अर्को अभियान अन्तर्गत बुटवलमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ । बुटवल उपमहानगरपालिका र नेपाल स्काउटको सहकार्यमा बुटवलका विभिन्न सार्वजनिक स्थानमा सर्वसाधारण लक्षित स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको हो ।

उपमहानगर र नेपाल स्काउटको बुटवल उपमहानगर समितिको सहकार्यमा बुटवलको हस्पिटल लाइन, राजमार्ग चौराहा र पारी बुटवल मैनाबगरमा कोरोनाबाट जोगिने सूचना सहितको सचेतना कक्ष सञ्चालनमा आएका छन् ।

आमसर्वसाधारणको बढि आवागमन हुने तथा जनघनत्व धेरै भएको स्थानलाई लक्षित गरेर स्वास्थ्य सचेतना जगाउने कार्यक्रमसहित सञ्चालन गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । आजबाट संचालनमा आएको स्वास्थ्य सहायता कक्षको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले शुभारम्भ गरेका थिए ।

शुभारम्भ कार्यक्रममा बोल्दै उपमहानगर प्रमुख सुबेदीले अत्यावश्यक काम परेर हिंड्ने तथा जानकारी लिन चाहने कुनै पनि नागरिकलाई महामारी विरुद्धको स्वास्थ्य सुरक्षाका उपाय सिकाउने र उपलव्ध स्वास्थ्य सामग्री प्रदान गरिने जानकारी दिए । महामारीको सामना गर्न सबैले स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने र साझा संकल्पका साथ उच्च मनोबल राखेर समर्पित हुनुपर्नेमा प्रमुख सुवेदीले जोड दिए ।

सहायता कक्षमा स्वास्थ्य सुरक्षाका विषयका जानकारहरु रहने र उनीहरुले प्राथमिक उपचार र उद्दारका विषयमा समेत जानकारी गराउने गरि व्यवस्था मिलाइएको स्काउटका लुम्बिनी प्रदेश प्रमुख दिनानाथ भट्टराईले जानकारी दिए ।

सहायता कक्षमा स्वस्थकर्मी सहित अक्सिजन लेभल नाप्ने मेसिन अक्सिमिटर, ज्वरो नाप्ने थर्मल गन, गुणस्तरीय सर्जिकल मास्क, सेनिटाइजर, पानी, पञ्जा, टिसूपेपर लगायतका सामाग्री उपलब्ध छन । बाटोमा हिड्ने जो कोही पनि जोखिममा पर्नबाट जोगाउने उद्देश्यका साथ कार्यक्रम संचालन गरिएको स्काउट प्रमुख भट्टराईले बताए ।

बुटवल उपमहानगरले सञ्चालन गरेका महामारी विरुद्धका अभियानमा विभिन्न सामाजिक संघसंस्था तथा निजी क्षेत्रको समेत सहकार्य रहँदै आएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ५ : २९ बजे

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत

‘ट्रक साहित्य’कारुपमा चर्चित सवारी साधन पछाडि लेखिने कविता सायरीको सामाग्रीमाथि ट्राफिकको डण्डा

नेपालगन्ज । कुनैबेला ट्रक साहित्यकारुपमा चर्चा कमाएको सवारी साधन पछाडीका