१७ माघ २०८२, शनिबार | January 31, 2026

अत्यधिक वर्षाका कारण मुम्बईमा चार तल्ले भवन ढल्दा ९ जनाको मृत्यु



एजेन्सी । मुम्बईको मलाड वेस्टको मालवानी क्षेत्रमा एउटा चार तल्ले भवन बुधवार राति करिव साढे ११ बजे अचानक ढलेको छ ।
घर भत्किँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य आठ जना गम्भिर घाइते भएका छन् ।

उनीहरुलाई बीडीबीए नगर जनरल हस्पिटलमा भर्ना गरिएको छ । घर ढलिरहेको बेला केही बालबालिकासहित थुप्रै मानिसहरु घर भित्रै थिए । घटनालगत्तै फायर ब्रिगेट घटनास्थलमा पुगेको थियो । स्थानीय प्रहरी तथा मानिसहरुको सहयोगले उक्त घरको भग्नावशेषमा फेसका १५ जना मानिसको उद्दार गरेका थिए ।

फसेका मानिसहरुको उद्धार कार्य बिहानसम्म जारी रहेको बताइन्छ । बृहन्मुम्बई नगर निगम बिएमसीका अनुसार वरपरका तीन भवनहरु समेत खतरनाक अवस्थामा छन्, जसलाई खाली गराइएको छ । महाराष्ट्रका मन्त्री असलम शेखका अनुसार मुम्बईमा अत्यधिक वर्षाका कारण उक्त भवन ढलेको हो । मुम्बईमा बुधवार दिनभरी नै भारी वर्षा भएको थियो ।

जसका कारण मुम्बईका विभिन्न क्षेत्रमा पानी जम्मा भएको छ । वर्षाकै कारण सडक तथा रेलमार्ग समेत बन्द गरिएको छ । भारतीय मौसम विभागले आगामी चार दिनका लागि मुम्बईसमेत विभिन्न जिल्लाका लागि अरेञ्ज अलर्ट जारी गरेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ६ : ३४ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक