७ श्रावण २०८३, बिहिबार | July 23, 2026

अत्यधिक वर्षाका कारण मुम्बईमा चार तल्ले भवन ढल्दा ९ जनाको मृत्यु



एजेन्सी । मुम्बईको मलाड वेस्टको मालवानी क्षेत्रमा एउटा चार तल्ले भवन बुधवार राति करिव साढे ११ बजे अचानक ढलेको छ ।
घर भत्किँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य आठ जना गम्भिर घाइते भएका छन् ।

उनीहरुलाई बीडीबीए नगर जनरल हस्पिटलमा भर्ना गरिएको छ । घर ढलिरहेको बेला केही बालबालिकासहित थुप्रै मानिसहरु घर भित्रै थिए । घटनालगत्तै फायर ब्रिगेट घटनास्थलमा पुगेको थियो । स्थानीय प्रहरी तथा मानिसहरुको सहयोगले उक्त घरको भग्नावशेषमा फेसका १५ जना मानिसको उद्दार गरेका थिए ।

फसेका मानिसहरुको उद्धार कार्य बिहानसम्म जारी रहेको बताइन्छ । बृहन्मुम्बई नगर निगम बिएमसीका अनुसार वरपरका तीन भवनहरु समेत खतरनाक अवस्थामा छन्, जसलाई खाली गराइएको छ । महाराष्ट्रका मन्त्री असलम शेखका अनुसार मुम्बईमा अत्यधिक वर्षाका कारण उक्त भवन ढलेको हो । मुम्बईमा बुधवार दिनभरी नै भारी वर्षा भएको थियो ।

जसका कारण मुम्बईका विभिन्न क्षेत्रमा पानी जम्मा भएको छ । वर्षाकै कारण सडक तथा रेलमार्ग समेत बन्द गरिएको छ । भारतीय मौसम विभागले आगामी चार दिनका लागि मुम्बईसमेत विभिन्न जिल्लाका लागि अरेञ्ज अलर्ट जारी गरेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ६ : ३४ बजे

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा