१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बालबालिकालाई संक्रमणबाट जोगाउन आग्रह



बाँके । बर्दियामा कोरोना भाइरसको तेस्रो लहर फैलिए सबैभन्दा बढी बालबालिका सङ्क्रमित हुने जोखिम रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । चिकित्सकहरु यस्तो अवस्था आए सरकारी तयारी खासै नभएको गुनासो पोख्छन् ।

बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुभाष पाण्डेले दुई वर्षदेखि १६ वर्षसम्मका बालबालिकाका लागि अहिलेसम्म कुनै खोप नआएकाले उनीहरु बढी जोखिममा रहेको बताए । जिल्लामा हाल एक वर्षदेखि ११ वर्षसम्मका बालबालिका कोरोना सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले बर्दियाको प्रमुख गोर्कण गिरीले जानकारी दिए ।

स्वास्थ्य कार्यालय बर्दियाको प्रमुख गिरीले दिएको जानकारी अनुसार शनिबारसम्म २७ जना बालक र २२ जना बालिका सङ्क्रमित भएका छन् । कोरोना सङ्क्रमित बालबालिका होम आइसोलेसनमा बसेका छन् । दोस्रो चरणको कोरोना फैलिएपछि बर्दियामा १८२ जना बालबालिका निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये बालक ९६ र बालिका ८३ रहेका छन् ।

ठाकुरबाबा नगरपालिकामा-११ बालबालिका होम आइसोलेसनमा रहेका छन् । गुलरिया र बाँसगढी नगरपालिकामा आठ र आठ, बारबर्दियामा छ, राजापुरमा पाँच बालबालिका कोरोना सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बर्दियामा बाल चिकित्सकको अभाव छ । बालबालिकालाई सङ्क्रमण भए छुट्टै कोभिड अस्पताल पनि छैन । जिल्लामा एउटा पनि बालबालिकाका लागि विशेष अस्पताल नहुँदा स्थानीयवासी सास्ती भोग्न बाध्य छन् ।

कोरोना सङ्क्रमणको तेस्रो लहरले बालबालिकालाई बढी असर गर्ने भन्दै बालबालिका हेर्न चिकित्सक विज्ञहरूले अस्पतालमा निश्चित शय्या छुट्याएर आवश्यक तयारी गर्न सुझाव दिएका छन् । कोरोनाको पहिलो र दोस्रो लहरमा ‘हटस्पट’ बनेको लुम्बिनी प्रदेशको बर्दियामा बालबालिकालाई सङ्क्रमणबाट जोगाउन कुनै तयारी नहुँदा चिन्ता व्यक्त गरेका छन् ।

खाद्य बैंकको राहतबाट विपन्नलाई वरदान साबित

कोरोनाका कारण लगाइएको निषेधाज्ञा थपिँदै जाँदा बर्दियाको गुलरियामा सञ्चालित खाद्य बैंकको राहातबाट विपन्नलाई वरदान साबित भइरहेको छ ।

गुलरिया नगरपालिकासँग सहकार्यमा हिन्दू स्वयंसेवक सङ्घ नेपाल, लायन्स क्लब अफ बर्दिया र एन्टा अमेरिकालगायतका सामाजिक संस्थाले कोरोना महामारीमा रोगले मात्र होइन भोकले पनि कोही नमरुन् भन्ने पवित्र उद्देश्यले खाद्य बैंक शुरु गरेका हुन ।

लायन्स क्लब अफ बर्दियाका अध्यक्ष सुधाकर मिश्र हुनेले दिउन् नहुनेले लैजाउन भन्ने हेतुले खाद्य बैंकले प्रतिपरिवार २० किलो चामल, दुई किलो दाल, पाँच किलो पिठो, आधा लिटर तेल, दुई वटा साबुन र पाँच वटा मास्क सहयोग गरिरहेको बताए । खाद्य बैंकमा सहयोगी भावना भएका जो सुकैले आर्थिक तथा खाद्यान्न सहयोग गर्न सक्ने मिश्रले बताए ।

हिन्दू स्वयंसेवक सङ्घ नेपाल, नेपालगन्जका संवाहक राजेन्द्रकुमार यादवले टोलटोलमै पुगेर अतिविपन्न तथा छाक टार्न मुस्किल हुने परिवारको नामावली सङ्कलन गरेर सहयोग गरिरहेको प्रष्ट पारे । खाद्यान्न वितरणका लागि गुलरिया नगरपालिकाले गाडी उपलब्ध गराएको छ ।

रोगजारी गुमेको अवस्थामा दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्नेहरुलाई खाद्य बैंकको सहयोगले राहत दिएको लाभान्वित भएकाहरु बताउँछन् । गुलरिया नगरपालिका-७ का कालु रैदासले भने, ‘‘कोरोनाले खाद्यान्नको समस्या भइरहेको थियो । बिहान बेलुकाको छाक टार्न धौधौ भएको बेला खाद्यान्न पाउँदा निकै खुसी लागेको छ ।”

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ७ : ०७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग