७ आश्विन २०८३, बुधबार | September 23, 2026

गोरखाका पाँच स्थानीय तहलाई ६ एम्बुलेन्स



गोरखा । गोरखाका विभिन्न ५ वटा स्थानीय तहलाई कोरोना संक्रमणविरुद्ध जुध्न सहयोग पु¥याउने उद्देश्यले ६ वटा एम्बुलेन्ससहितका स्वास्थ्य सामग्री बुधबार प्रदान गरिएको छ ।

सम्भव छ नेपाल नामक संस्थाले स्थानीय तहलाई एम्बुलेन्ससहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । जिल्लाको आरुघाट गाउँपालिका घर भई पर्यटन व्यवसाय गर्दै आएका संस्थाका अध्यक्ष प्रेमकुमार खत्रीले उक्त सामग्री खरिद गरी जिल्लाका स्थानीय तहलाई उपलब्ध गराएका हुन् ।

गोरखा नगरपालिकालाई दुई, धार्चे गाउँपालिका, भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकालाई एक–एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

संस्थाले जिल्ला विभिन्न अन्य स्थानीय तहका लागि एम्बुलेन्ससमेत गरी करिब १ करोड रुपैयाँ बराबरको सामग्री प्रदान गरेको संस्थाका अध्यक्ष खत्रीले जानकारी दिए ।

त्यस्तै, संस्थाले कोरोना संक्रमणविरुद्ध लड्न सहयोग पु¥याउन ६ थान अक्सिजन सिलिन्डर, ६ सय थान एन्टिजेन किट, १२ सय थान भिटिएम र ८ सय लिटर सेनिटाइजर पनि स्थानीय तहलाई उपलब्ध गराएको छ ।

त्यस्तै, ५६ हजार सर्जिकल मास्क, १ सय थान अक्सिमिटरलगायत पिपिई सेट, फेससिल्ड पनि स्थानीय तहलाई प्रदान गरिएको उनले बताए । गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स एउटा १२ लाख रुपैयाँमा खरिद गरिएको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ७ : १६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई