२ माघ २०८१, बुधबार | January 15, 2025

युरोकप अघि पोर्चुगलको शानदार जित



काठमाडौं । युरोकप फुटबलको तयारीमा रहेको साबिक विजेता पोर्चुगल अभ्यास अन्तर्गतको मैत्रीपूर्ण खेलमा शानदार जित निकाल्न सफल भएको छ ।

युरोकप अघिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा बुधबार राति पोर्चुगलले इजरायलमाथि ४-० को जित दर्ता गरेको हो ।

पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गरेको हो । उसका लागि ब्रुनो फेर्नान्डेसले दुई तथा क्रिष्टियानो रोनाल्डो र क्यानसेलेले एक-एक गोल गरे ।

४२ औँ मिनेटमा फेर्नान्डेसले गोल गरि टिमलाई सुरुवाति अग्रता दिलाए । ४४ औँ मिनेटमा रोनाल्डोले अग्रता दोब्बर पारे । क्यानसेलोले ८६ औँ मिनेटमा गोल गरे भने फेर्नान्डेसले इन्जुरी समयको पहिलो अर्थात ९१ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगलले ४-० को जित दर्ता गर्न सफल भएको हो ।

फेर्नान्डेसले ४४ औँ मिनेटको गोलका लागि रोनाल्डोलाई सहयोग पनि गरेका हुन् । पोर्चुगलले युरोकप २०२० अन्तर्गत आउँदो मंगलबार हंगेरीसँग आफ्नो पहिलो खेल खेल्ने छ ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ७ : २० बजे

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वपा कार्यकर्ताद्वारा अदालत परिसरमा हातपात

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्ने

समाजवादी मोर्चाले माघ १६ गते विशेष कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले राजधानी केन्द्रित कार्य्रकम गर्ने भएको छ

निर्माण व्यवसायीद्वारा आन्दोलनको घोषणा, अर्थमन्त्री भन्छन् : २८ मध्ये २२ अर्ब निकास भइसक्यो

काठमाडौं। सरकारले समयमा नै भुक्तानी नगरे पछि निर्माण व्यवसायीले आन्दोलनको

रविमाथिको थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाडौं । काठमाडौं प्रहरीको हिरासतमा रहेका स्वतन्त्र पाटी (रास्वपा)का सभापति