६ बैशाख २०८३, आइतबार | April 19, 2026

युरोकप अघि पोर्चुगलको शानदार जित



काठमाडौं । युरोकप फुटबलको तयारीमा रहेको साबिक विजेता पोर्चुगल अभ्यास अन्तर्गतको मैत्रीपूर्ण खेलमा शानदार जित निकाल्न सफल भएको छ ।

युरोकप अघिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा बुधबार राति पोर्चुगलले इजरायलमाथि ४-० को जित दर्ता गरेको हो ।

पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गरेको हो । उसका लागि ब्रुनो फेर्नान्डेसले दुई तथा क्रिष्टियानो रोनाल्डो र क्यानसेलेले एक-एक गोल गरे ।

४२ औँ मिनेटमा फेर्नान्डेसले गोल गरि टिमलाई सुरुवाति अग्रता दिलाए । ४४ औँ मिनेटमा रोनाल्डोले अग्रता दोब्बर पारे । क्यानसेलोले ८६ औँ मिनेटमा गोल गरे भने फेर्नान्डेसले इन्जुरी समयको पहिलो अर्थात ९१ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगलले ४-० को जित दर्ता गर्न सफल भएको हो ।

फेर्नान्डेसले ४४ औँ मिनेटको गोलका लागि रोनाल्डोलाई सहयोग पनि गरेका हुन् । पोर्चुगलले युरोकप २०२० अन्तर्गत आउँदो मंगलबार हंगेरीसँग आफ्नो पहिलो खेल खेल्ने छ ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ७ : २० बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

ललितपुर । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूको भेलाले

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा