१४ माघ २०८२, बुधबार | January 28, 2026

अन्तरिम आदेश दिएकै न्यायाधीसको बेञ्चमा कृष्ण थापाको पद थमौती विरुद्धको ‘भ्याकेट’ निवदेन



काठमाडौं । जनमोर्चाका सांसद कृष्ण थापाको पद थमौती गर्ने सर्वोच्चको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीसद्वय सपना प्रधान मल्ला र कुमार चुँडालको इजलासमा परेको छ ।

गत मंगलबार न्यायाधीस चुँडालको एकल बेञ्चले थापालाई थमौती गराउन अन्तरिम आदेश जारी गरेको थियो ।

अन्तरिम आदेश जारी गर्ने न्यायाधीस समेतकै इजलासमा भ्याकेट निवेदन समेत परेपछि यसबारे सुनुवाइ आज नहुने देखिएको छ । यौटै मुद्दामा यसअघि सुनुवाइ गरेका न्यायाधीसले सोही मुद्दामा अर्को सुनुवाइ नगर्ने चलन रहँदै आएको छ ।

राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले अन्तरिम आदेशमाथि भ्याकेट हालेका थिए ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आजै विश्वासको मत लिँदैछन् । अन्तरिम आदेशबाट पुनर्वहाली पाएका सांसद थापाले आफ्नै पार्टीको निर्देशन (ह्वीप) उल्लंघन गर्ने बताइसकेका छन् । यसअघिे पार्टीको निर्देशन उल्लंघन गरेकै कारण जनमोर्चाले उनलाई सांसद पदबाट हटाएको थियो । जनमोर्चाको पत्रका आधारमा प्रदेशसभा सचिवालयले थापाको पद खारेज गरेको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ११ : १७ बजे

बारामा एकै परिवारका आमा-छोराको निर्मम हत्या, बाबु र छोरी गम्भीर घाइते

वीरगन्ज । बारा जिल्लामा एकै परिवारका आमा र छोराको धारिलो

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी ।बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी । पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा

बाँकेमा ५२ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै चार महिला

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ । मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा