१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

अन्तरिम आदेश दिएकै न्यायाधीसको बेञ्चमा कृष्ण थापाको पद थमौती विरुद्धको ‘भ्याकेट’ निवदेन



काठमाडौं । जनमोर्चाका सांसद कृष्ण थापाको पद थमौती गर्ने सर्वोच्चको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीसद्वय सपना प्रधान मल्ला र कुमार चुँडालको इजलासमा परेको छ ।

गत मंगलबार न्यायाधीस चुँडालको एकल बेञ्चले थापालाई थमौती गराउन अन्तरिम आदेश जारी गरेको थियो ।

अन्तरिम आदेश जारी गर्ने न्यायाधीस समेतकै इजलासमा भ्याकेट निवेदन समेत परेपछि यसबारे सुनुवाइ आज नहुने देखिएको छ । यौटै मुद्दामा यसअघि सुनुवाइ गरेका न्यायाधीसले सोही मुद्दामा अर्को सुनुवाइ नगर्ने चलन रहँदै आएको छ ।

राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले अन्तरिम आदेशमाथि भ्याकेट हालेका थिए ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आजै विश्वासको मत लिँदैछन् । अन्तरिम आदेशबाट पुनर्वहाली पाएका सांसद थापाले आफ्नै पार्टीको निर्देशन (ह्वीप) उल्लंघन गर्ने बताइसकेका छन् । यसअघिे पार्टीको निर्देशन उल्लंघन गरेकै कारण जनमोर्चाले उनलाई सांसद पदबाट हटाएको थियो । जनमोर्चाको पत्रका आधारमा प्रदेशसभा सचिवालयले थापाको पद खारेज गरेको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ११ : १७ बजे

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट

अध्यादेशबारे राय लिन राष्ट्रपतिले वरिष्ठ संविधानविद्हरूसँग छलफल गर्दै

काठमाडौं। रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे गम्भीर परामर्श गर्न

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरी । मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस ९रस०