६ पुस २०८२, आइतबार | December 21, 2025

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै, बादल पत्नी नैनकला थापा संचारमन्त्री बन्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । प्रधानमन्त्री ओलीले सात जना मन्त्री र एकजना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले पूर्वमाओवादी पक्षका तर्फबाट दुई जनालाई सामेल गरेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाकी श्रीमती नैनकला थापा संचार मन्त्री बन्ने भएकी छिन् । यस्तै ज्वालाकुमारी साह कृषिमन्त्री बन्नेभएकी छिन् ।

यस्तै, जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले उद्योगमन्त्री पाएका छन् । जसपाभित्र ठाकुर समुहका नेता यादवलाई मन्त्री नबनाउँदा उनी ठाकुर समुह नै छोड्ने देखिएपछि मन्त्री पाएका हुन । यससँगै ओली मन्त्रिपरिषदमा जसपाले ११ वटा मन्त्रालय पाएको छ ।

प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा खगराज अधिकारीलाई ल्याएका छन् । महेश बस्नेतको नाम समेत चर्चामा आएपनि अधिकारीले गृहमन्त्रालय पाएका छन् ।

यस्तै, नारदमुनी राणा नारदमुनी राना, वनमन्त्री, मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विक वनराज्यमन्त्री बन्नेभएका छन् । माधव नेपाल समुह छोडेर ओली समुहमा लागेका पहाडी पनि मन्त्रीपदबाट पुरस्कृत भएका हुन् ।

मन्त्रीहरुलाई आजै सपथ गराउने तयारी छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  १२ : २५ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र