२८ भदौ २०८३, आइतबार | September 13, 2026

लुम्बिनीमा धारिलो हतियार प्रहार गरी महेन्द्र यादवको हत्या गर्ने ५ जना प्रहरी नियन्त्रणमा



बुटवल । गत आइतबार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ४ मा धारीलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा फेला परेका ३५ बर्षीय महेन्द्र यादवको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी नियन्त्रणमा परेकाहरुमा मनौराका २२ बर्षीय बलजित पासी, ३० बर्षीय दुर्गेश पासवान, २४ बर्षीय राकेश यादव, २० बर्षीय संजय पासी र २३ बर्षीय सर्वजित विश्वकर्मा रहेका छन् । पक्राउ परेको पाँच जनालाई आज रुपन्देही प्रहरीले आज सार्वजनिक गरेको हो ।

गत आइतबार बिहान साढे ६ बजे खेतको गरामा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक रबिन्द्र महतको कमाण्डमा गएको टोलीले याादवको शव बरामद गरी अनुसन्धान थालेको थियो । मृतकको टाउको, छाती, घाटी र गुप्तांग समेतमा धारिलो हतियार प्रहार गरी घाउ चोट लागेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

शव भेटिएकै राती ११ बजे सम्म स्थानिय छिभेकीको घरमा वैवाहिक कार्यक्रममा सहभागी भएका यादवको बिहान शव फेला परेपछि सोहि घटनालाई आधार मानेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार पुरानो रिसिईबीको कारण बदला लिने सोचले योजनाबद्ध रुपमा यादवको हत्या गरेको पक्राउ परेकाहरुले प्रहरीलाई बयान दिएका छन् । बैबाहिक कार्यक्रम सहिएपछि घर फर्किरहेका यादवलाई अभियुक्तहरुले योजनाबद्ध आक्रमण गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरिक्षक रबिन्द्र महतले बताए ।

जिल्ला अदालत रुपन्देहीबाट १० दिनको म्याद लिई उनीहरुमाथि अनुसन्धान अगाडि बढाइएको प्रहरी निरिक्षक महतले बताए ।

अनुसन्धानको क्रममा हत्यामा प्रयोग भएको धारिलो हतियार (फलामको दाउ) १ थान, पानी तान्ने नलको ह्याण्डर (हत्ता) १ थान र हत्यामा प्रयोग भएको हरियो बाँसको घारा १ थान सहित अन्य सबुद प्रमाणहरु बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ३ : ३६ बजे

ठूला ढुङ्गा पन्छाएर तुइनखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

नारायणगढ । नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई),

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि

काठमाडौं । नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय