१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

लुम्बिनीमा धारिलो हतियार प्रहार गरी महेन्द्र यादवको हत्या गर्ने ५ जना प्रहरी नियन्त्रणमा



बुटवल । गत आइतबार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ४ मा धारीलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा फेला परेका ३५ बर्षीय महेन्द्र यादवको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी नियन्त्रणमा परेकाहरुमा मनौराका २२ बर्षीय बलजित पासी, ३० बर्षीय दुर्गेश पासवान, २४ बर्षीय राकेश यादव, २० बर्षीय संजय पासी र २३ बर्षीय सर्वजित विश्वकर्मा रहेका छन् । पक्राउ परेको पाँच जनालाई आज रुपन्देही प्रहरीले आज सार्वजनिक गरेको हो ।

गत आइतबार बिहान साढे ६ बजे खेतको गरामा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक रबिन्द्र महतको कमाण्डमा गएको टोलीले याादवको शव बरामद गरी अनुसन्धान थालेको थियो । मृतकको टाउको, छाती, घाटी र गुप्तांग समेतमा धारिलो हतियार प्रहार गरी घाउ चोट लागेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

शव भेटिएकै राती ११ बजे सम्म स्थानिय छिभेकीको घरमा वैवाहिक कार्यक्रममा सहभागी भएका यादवको बिहान शव फेला परेपछि सोहि घटनालाई आधार मानेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार पुरानो रिसिईबीको कारण बदला लिने सोचले योजनाबद्ध रुपमा यादवको हत्या गरेको पक्राउ परेकाहरुले प्रहरीलाई बयान दिएका छन् । बैबाहिक कार्यक्रम सहिएपछि घर फर्किरहेका यादवलाई अभियुक्तहरुले योजनाबद्ध आक्रमण गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरिक्षक रबिन्द्र महतले बताए ।

जिल्ला अदालत रुपन्देहीबाट १० दिनको म्याद लिई उनीहरुमाथि अनुसन्धान अगाडि बढाइएको प्रहरी निरिक्षक महतले बताए ।

अनुसन्धानको क्रममा हत्यामा प्रयोग भएको धारिलो हतियार (फलामको दाउ) १ थान, पानी तान्ने नलको ह्याण्डर (हत्ता) १ थान र हत्यामा प्रयोग भएको हरियो बाँसको घारा १ थान सहित अन्य सबुद प्रमाणहरु बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ३ : ३६ बजे

बिहीबार वर्षाले अवरुद्ध नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ को सिरिज आजदेखि

काठमाडौं । बिहीबारदेखि हुने भनेको नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

आजको मौसम : बाग्मती र गण्डकीमा बिहानैदेखि वर्षा, दिउँसो यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । बाग्मती प्रदेशसहितका केही स्थानमा आज वर्षाको सम्भावना छ

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व