२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नव नियुक्त ७ मन्त्री र १ राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष कार्यक्रममा सात जना मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सात जना मन्त्रीहरुलाई सपथ दिलाएकी छिन् । यस्तै एक राज्यमन्त्रीलाई प्रधानमन्त्री ओलीले सपथ दिलाएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद्लाई बिहीबार पूर्णता दिएका हुन् । ओलीको मन्त्रिपरिषद् २५ सदस्यीय बनेको छ । जसमध्ये प्रधानमन्त्रीबाहेक तीन जना उपप्रधानमन्त्री, १८ जना मन्त्री र तीन जना राज्यमन्त्री रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एमाले, पूर्व माओवादी, राजपा र एमाले नेपालपक्षमा लागेका एक नेता सहितलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका थिए ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ५ : २० बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष