२० मंसिर २०८२, शनिबार | December 6, 2025

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विश्वासको मत हासिल गर्न असफल



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएका छन् ।

गण्डकी प्रदेशसभामा आज भएको मतदानमा मुख्यमन्त्री गुरुङको पक्षमा जम्मा २७ मत परेको छ । विपक्षमा ३० मत परेको छ ।

६० सदस्यीय प्रदेशसभामा विश्वासको मत हासिल गर्न ३१ मतको आवश्यकता पर्दछ । मुख्यमन्त्री गुरुङले आफ्नो दल एमालेको २७ मत मात्र परेको छ ।

विपक्षमा कांग्रेसको १५, माओवादी केन्द्रको ११, जनता समाजवादी पार्टी जसपाको २ र राष्ट्रिय जनमोर्चाको २ मत परेको छ ।

बैठकमा सभामुखसहित ५८ जना उपस्थित भएकोमा ५७ जनाले मात्र मतदान गरेका छन् । मतदानमा जनमोर्चाका सांसद कृष्ण थापा र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) अनुपस्थित भए ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न असफल भएसँगै  तीन वर्षदेखि नेतृत्व गर्दै आएको एमालेको सरकार ढलेको छ ।

अब प्रदेशमा नयाँ सरकार बनाउनका लागि संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश प्रमुखले आह्वान हुनेछ । सो उपधारा अनुसार कुनै पनि सांसदलेले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेशप्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्नेछ । यदि त्यसरी पनि बहुमत पुग्न सकेन भने उपधारा ७ अनुसार नयाँ निर्वाचनको घोषणा हुनेछ ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ५ : ५९ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय