१८ असार २०८३, बिहिबार | July 3, 2026

एमालेले निष्काशन गरेको कर्णाली प्रदेशका ४ सांसदलाई सर्वोच्च अदालतले गरिदियो पुनर्वाहाली



सुर्खेत । संसद सचिवालयले पदमुक्त गरेका प्रदेशसभाका सांसदहरुलाई पुनर्वाहाली गर्ने यस अघिका निर्णयहरुलाई निरन्तरता दिँदै सर्वोच्च अदालतले कर्णाली प्रदेशका एमालेका चार प्रदेशसभा सदस्यलाई पनि पुनर्बहाली गरिदिएको छ । पार्टीको निर्देशन विपरित माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गरेको भन्दै एमालेले पार्टीबाट निष्काशन गरेको प्रदेशसभा सदस्यहरु एमालेको नेपाल पक्षका सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले पुनर्बहाली गर्न आदेश दिएका हो ।

उनीहरुलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसैका आधारमा प्रदेशसभा सचिवालयले गरेको पदमुक्तको निर्णय कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको हो ।

गत बैशाख ३ गते उनीहरुले माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई पार्टी ह्वीप उल्लंघन गरी विश्वासको मत दिएका थिए । फ्लोर क्रस गरेपछि ज्वाला, बुढा, थापा र शाहीलाई एमालेको सिफारिसमा सभामुखले पदमुक्त गरेका थिए ।

सर्वोच्चले पुनर्वाहालीको आदेश गरेको बुढा, थापा र शाही कर्णाली प्रदेश सरकारका मन्त्री छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ८ : ४६ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले