१७ बैशाख २०८१, सोमबार | April 29, 2024

एमालेले निष्काशन गरेको कर्णाली प्रदेशका ४ सांसदलाई सर्वोच्च अदालतले गरिदियो पुनर्वाहाली



सुर्खेत । संसद सचिवालयले पदमुक्त गरेका प्रदेशसभाका सांसदहरुलाई पुनर्वाहाली गर्ने यस अघिका निर्णयहरुलाई निरन्तरता दिँदै सर्वोच्च अदालतले कर्णाली प्रदेशका एमालेका चार प्रदेशसभा सदस्यलाई पनि पुनर्बहाली गरिदिएको छ । पार्टीको निर्देशन विपरित माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गरेको भन्दै एमालेले पार्टीबाट निष्काशन गरेको प्रदेशसभा सदस्यहरु एमालेको नेपाल पक्षका सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले पुनर्बहाली गर्न आदेश दिएका हो ।

उनीहरुलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसैका आधारमा प्रदेशसभा सचिवालयले गरेको पदमुक्तको निर्णय कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको हो ।

गत बैशाख ३ गते उनीहरुले माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई पार्टी ह्वीप उल्लंघन गरी विश्वासको मत दिएका थिए । फ्लोर क्रस गरेपछि ज्वाला, बुढा, थापा र शाहीलाई एमालेको सिफारिसमा सभामुखले पदमुक्त गरेका थिए ।

सर्वोच्चले पुनर्वाहालीको आदेश गरेको बुढा, थापा र शाही कर्णाली प्रदेश सरकारका मन्त्री छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ८ : ४६ बजे

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा