७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीमा भन्सार छलेर नेपाल भित्र्याइएकाे ठुलो परिमाणको चिनी बरामद



बुटवल । रुपन्देहीमा भन्सार छलेर नेपाल भित्र्याइएकाे ठुलो परिमाणको चिनी रुपन्देही प्रहरीले बरामद गरेको छ । प्रहरीले सुराकीका आधारमा रुपन्देहीको सिद्धार्थनगर ४ उद्योगपुरीबाट ५८ बोरा भन्सार नतिरेको चिनी बरामद गरेको हो ।

भन्सार छलेर नेपाल भित्र्याइएकाे सो परिमाणको चिनी सहित रचना स्टोरका संचालक देवप्रसाद श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको गोदामबाट २ लाख ३ हजार बराबरको ५८ बोरा चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रवक्ता प्रहरी निरिक्षक भाष्कर चन्दले जानकारी दिए ।

प्रहरीले पक्राउ परेका श्रेष्ठ सहित बरामद भएको चिनी भन्सार कार्यालय बेलहियामा बुझाएको छ । सीमामा कडाई गरेको प्रशासनले दाबी गरेपनि निषेधाज्ञाकै बीचमा अबैध चोरी पैठारी हुने क्रम भने रोकिएको छैन ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  १० : ५२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई