७ आश्विन २०८३, बुधबार | September 23, 2026

दुर्घटनामा परेको मोटरसाइकलमा लागूऔषध भेटिएपछि तीनजना पक्राउ



मोरङ । दुर्घटनामा परेको मोटरसाइकलमा लागूऔषध भेटिएपछि प्रहरीले मोरङबाट तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पूर्व-पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका-१० भाउन्ने नजिक बिहीबार बिहान दुर्घटनामा परेको मोटरसाइकलबाट लागूऔषध भेटिएपछि तीनजनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काका अनुसार पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका-९ का ३५ वर्षीय चेवनकुमार धमला, २५ वर्षीय विशाल भनिने खेम भट्टराई र सुनवर्षी नगरपालिका-८ का ६० वर्षीय अब्बास मियाँ छन् ।

एसपी खड्काका अनुसार धमला र भट्टराई सवार प्रदेश १-०२-०४१ प ८८८७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । त्यसपछि अनुसन्धानका क्रममा धमला र भट्टराईले बोकेको झोला खानतलासी गर्दा ८९२ थान नाइट्राभेट ट्याब्लेट र लगभग १४ ग्राम चरेस जस्तो देखिने वस्तु भेटिएको भेटिएको हो ।

अहिले उनिहरुमाथि थप अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ७ : ५१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई