२७ असार २०८२, शुक्रबार | July 11, 2025

डोटीमा जीप दुर्घटना, एकको मृत्यु, एक घाइते



डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप ००१००१ च २६१५ नंको महेन्द्रा बोलोरो जीप आज बिहान करिब ४।४५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ५० वर्षीय जीपचालक हुकुम शाहको मृत्यु भएको छ ।

यसैगरी दुर्घटनामा परी बाजुरा जिल्ला बूढीगङ्गा नगरपालिका–८ बस्ने २६ वर्षीया देवीकुमारी शाह गम्भीर घाइते ुभएको प्रहरीले जनाएको छ । घाइतेको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् ।

जीप अनियन्त्रित भई सडकबाट कम्तीमा १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । -रासस

 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ८ : ३७ बजे

रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार

काठमाडौं । माथिल्लो जलाधार क्षेत्रमा हिमताल विष्फोट भएर रसुवामा मङ्गलबार

अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा ‘नैतिक संहिता’ लागू, यात्रुलाई ‘ह्याब अ नाइस जर्नी’ भन्नैपर्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आफ्ना कर्मचारीहरूका लागि

लुम्बिनीलाई युनेस्कोको सम्भावित खतराको सूचीबाट हटाइयो

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट हटेको

मैथिल समाज रुपन्देहीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बुटवल । मैथिल समाज रुपन्देहीले बुटवल उपमहानगरपालिका-११ स्थित नहरपुर माध्यमिक

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना