२० मंसिर २०८२, शनिबार | December 6, 2025

जनमोर्चा सांसद कृष्ण थापा फेरि पदमुक्त



पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन् ।

जनमोर्चाले सांसद थापालाई पदमुक्त गरेको सूचना प्रदेशसभा सचिवालयलाई पठाएको पत्र सभामुख नेत्रनाथ अधिकारीले संसद बैठकलाई पढेर सुनाएका छन् । जनमोर्चाले थापालाई राजनीति दलसम्बन्धी ऐन २०७३ दफा ३५ को उपदफा १ अनुसार कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो । ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो लिएको विश्वासको मतको विपक्षमा मतदान गर्न राजमो संसदीय दलले लगाएको ह्वीप उल्लंघन गर्दै थापा तटस्थ बसेका थिए । दलको ह्वीप उल्लंघन गरेको अभियोगमा थापामाथि कारवाही गरिएको हो । थापामाथि यसअघि भएको कारवाहीलाई सर्वोच्च अदालतको अन्तरिम आदेशले रोकेको थियो ।

थापालाई कारवाही गरेको पत्र सुनाएसँगै प्रदेश सभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । एमालेका सचेतक मायानाथ अधिकारीले मन्त्रीको अनुपस्थितिमा बैठक संचालन हुन नसक्ने भन्दै प्रश्न उठाएपछि सभामुखले आइतबारसम्म बैठक स्थगित गरेका हुन् । आजको बैठकमा कुनै पनि मन्त्री उपस्थित थिएनन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  १२ : ३३ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय