६ श्रावण २०८३, बुधबार | July 22, 2026

गण्डकीमा विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष वैकल्पिक सरकारको दाबी पेश गर्दै



पोखरा । गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि २४ घण्टाको समय दिइए पनि विपक्षी गठबन्धनले आजै दाबी गर्ने भएको छ ।

गण्डकी प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीमा दाबी पेश गर्न शुक्रबार दिउँसो ३ बजे आह्वान गरेकी थिइन । वैकल्पिक सरकारका लागि तयारी अवस्थामा रहेको विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गर्दै दाबी गर्न लागेको हो । आजै दाबी पेश गर्न गठबन्धनले प्रदेश प्रमुखसँग साँझ ५ बजेपछिको समय मागेको छ ।

संविधानको धारा १६८ ३ अनुसार मुख्यमन्त्री बनेका पृथ्वी सुब्बा गुरुङले उपधारा ४ अनुसार बिहीबार विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुखले उपधारा ५ अनुसार वैकल्पिक सरकार बनाउन प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छिन् । यो आह्वानको पर्खाइमा रहेका विपक्षीहरुले सबै सांसदहरुको हस्ताक्षर संकलन समेत गरिसकेका छन् ।

६० सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ३१ सदस्यको समर्थन चाहिन्छ । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र एक जना स्वतन्त्र सांसद गरी ३१ जनाको हस्ताक्षर बुझाउने तयारी छ । प्रदेश प्रमुखलाई भेट्न सबै ३१ जना नै जाने बताइएको छ ।

दलको ह्वीप विपरित मुख्यमन्त्रीलाई विश्वासको मत विरुद्धमा मतदान नगर्ने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई सो दलले आज पुनः कारवाही गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलबाट हटाएको पत्र जनमोर्चाले प्रदेशसभा सचिवालयमा दर्ता गरेपछि आजैको प्रदेसभा बैठकमा सभामुखले थापाको सांसद पद खारेज भएको सूचना सुनाएका थिए । उनको सांसद पद खारेज भएसँगै प्रदेशसभा ५९ मा झरेको छ । जसका कारण पनि विपक्षीलाई वैकल्पिक सरकार गठनमा बहुमत पुर्याउन झन सहज भएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ४ : ५० बजे

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक