२३ माघ २०८२, शुक्रबार | February 7, 2026

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थपिए ३७६ जना संक्रमित



पोखरा । शुक्रबार गण्डकी प्रदेशमा यस महिनाकै सबैभन्दा कम संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ४०२ जनामा गरिएको नमुना परीक्षणमा ३७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका दश जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १११ जना, तनहुँका ३७ जना, गोरखाका २७ जना, लमजुङका ३२ जना, नवलपुरका ७७ जना र स्याङ्गजाका पाँच जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, पर्वतका ४४ जना, बाग्लुङका ११ जना, म्याग्दीका ३१ जना मुस्ताङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४९ हजार ४१४ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३४७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या ४२ हजार ३०८ पुगेको छ ।

शुक्रबार गण्डकीमा यो महिनाकै सबैभन्दा कम ६ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा पोखरामा उपचाररत चार जना, गोरखाका एक जना र नवलपुरका एक जना छन ।

आज मृत्यु भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८२३ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ६ : १८ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस