२४ बैशाख २०८१, सोमबार | May 6, 2024

पहिलो हाफमा नेपालविरुद्ध अष्ट्रेलियाको अग्रता, रोहितलाई रातो कार्ड



काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज बलियो टिम अष्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा शुक्रबार राति भएको खेलको पहिलो हाफमा नेपालविरुद्ध अष्ट्रेलियाले २-० को अग्रता लिएको छ । अष्ट्रेलियाका लागि खेलको छैटौँ मिनेटमा माथे लेक्कीले गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यसपछि ३८औँ मिनेटमा फ्रनज कारासिकले गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर पारे ।

यस्तै, नेपाललाई धक्कासमेत लागेको छ । ४५औँ मिनेटमा डिफेण्डर रोहित चन्द रातो कार्ड खाँदै मैदानबाट बाहिरीएपछि नेपाल १० खेलाडीमा समेटिएको छ । पेनाल्टी क्षेत्र बाहिर वन भर्सेस वनको स्थितिमा अघि बढेको अवस्थामा मार्टिन बोएललाई फल गरेको भन्दै रेफ्रीले रोहितलाई रातो कार्ड देखाएका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  १० : ४८ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,