६ पुस २०८२, आइतबार | December 21, 2025

आज कांग्रेस पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन ।

बैठक आज दिउँसो २ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।

संवैधानिक व्यवस्था अनुसार आगामी भदौसम्ममा पार्टीको १४औं महाधिवेशन सम्पन्न गरिसक्नुपर्छ ।

तरपनि कोरोना महामारीका कारण कार्यतालिका प्रभावित हुने भएपछि सोही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।

पूर्व निर्धारित कार्यतालिकाअनुसार असारमा वडा तहको अधिवेशन सुरु गर्नुपर्ने हुन्छ ।

तर अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो समेत लागिसकेको छैन । यस्तो अवस्थामा कार्यतालिका अनुसार महाधिवेशन गर्न कठिन देखिएको छ ।

हालसम्म झण्डै ८ लाख क्रियाशील सदस्यको विवरण डेटा सिस्टममा इन्ट्री भएको छ, तर त्यसलाई प्रकाशित गरेर उजुरी समेत आह्वान गर्ने प्रक्रिया पुरा गर्न बाँकी छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ७ : १५ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र