२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

वैद्यले लिखित माफी माग्नुपर्ने एमाले संसदीय दलको माग



हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभा संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य नरोत्तम वैद्यले लिखित माफी माग्नुपर्ने निर्णय गरेको छ ।

दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले प्रदेशसभा सदस्य वैद्यले राखेको अराजक तथा गैरराजनीतिक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्ने निर्णय गरिएको दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

यसैबीच प्रधानमन्त्री ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध भएको छ । अभिव्यक्तिविरुद्ध एमाले मकवानपुर, युवासङ्घ, अनेमसङ्घलगायतले विज्ञप्ति निकालेर आक्रोश व्यक्त गरेका छन् । एमाले मकवानपुरले प्रतिवाद गर्न तयार रहेको जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ११ : ५२ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात