१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

सांसद नरोत्तम वैद्यले गरे आत्मालोचना, ‘गान्धीवादी व्यक्ति हुँ, भावावेशमा आएर बोलेँ’



हेटौंडा । प्रधानमन्त्री विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यले आत्मालोचना गरेका छन् ।

प्रदेशसभाको आजको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै सांसद वैद्यले आफ्नो पूर्वअभिव्यक्तिप्रति आत्मालोचना गरेका हुन् ।

वैद्यले आफुले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै सो अभिव्यक्ति संसदको रेकर्डबाट पनि हटाइदिन आग्रह गरेका छन् । सभामुख सानुकुमार श्रेष्ठले वैद्यको अभिव्यक्ति रेकर्डबाट हटाएका छन् ।

‘हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरु राजनीतिक दलहरुलाई समेत लोकतान्त्रिक अभ्यासमा प्रेरित गर्दै संयोजन गरेको दलको एक सिपाहीको नाताले आफूले बोलेको उक्त अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह गर्दछु,’ उनले भने ।

वैद्यले आफु गान्धीवादी व्यक्ति भएको र प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै व्यक्तिगत रिसइवी नभएको बताएका छन् । उनले आफुले हत्याहिंसामा विश्वास नगर्ने बताउँदै आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन् ।

वैद्यले शुक्रबार प्रदेशसभामा महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिँदै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।

उनको यो अभिव्यक्तिप्रति नेकपा एमालेले आपराधिक भन्दै फौजदारी कानून आकर्षित हुने चेतावनी दिएको थियो । वैद्यकै पार्टी नेपाली कांग्रेसले पनि उनलाई आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  १२ : ३० बजे

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म

दीपेन्द्रको शतकमा नेपालद्वारा यूएईसामु २९० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र संयुक्त

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले

सरकारको सुरुआती लक्षण राम्रो छैन : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान