७ पुस २०८२, सोमबार | December 22, 2025

रुपन्देहीमा ५८ संक्रमित थपिँदा ६८ डिस्चार्ज, ३ जनाको मृत्यु



बुटवल ।शुक्रबार शुन्यमा झरेको रुपन्देहीको मृत्युदरमा शनिबार भने जिल्लामा ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ३ जना कोरोना संक्रमतिको मृत्यु भएको हो । सोही अवधिमा जिल्लाका प्रयोगशालाहरुमा ३१९ नमुनाको पीसीआर परीक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको छ । आज रुपन्देहीमा ६८ जना निको भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै बुटवल उपमहानगरपालिकामा २४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तिलोत्तमा नगरपालिकामा १५ जना, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकामा ४। ४ जना, देवदह नगरपालिका र सियारी गाउँपालिकामा ३।३ जना, ओमसतिया गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र शुद्धोधन गाउँपालिकामा २।२ जना संक्रमित थपिएका छन् ।

हाल जिल्लामा ९७९ जना संक्रिय संक्रमितहरु रहेका छन् । आज सम्ममा रुपन्देहीमा मृत्यु हुनेको संख्या ४६५ पुगेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ६ : ५४ बजे

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र