२० मंसिर २०८२, शनिबार | December 6, 2025

गण्डकीका मुख्यमन्त्री नेपालीसहित ४ मन्त्रीले लिए सपथ



पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख सीतादेवी पौडेलले मुख्यमन्त्री नेपालीलाई सपथ दिलाएकी छिन् ।

गठबन्धन सरकारको नेतृत्व गरेका मुख्यमन्त्री नेपालीले कांग्रेस, माओवादी केन्द्र र जसपा र स्वतन्त्र सांसद समेटेर मन्त्रिपरिषद् विस्तार समेत गरेका छन् ।

कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधु अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद दिपक मनाङे विनाविभागीय मन्त्री बनेका छन् । चारै जना मन्त्रीले पनि सपथ लिएका छन् ।

संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरूङले प्रदेशसभामा विश्वासको मत हासिल गर्न नसकेपछि सोही धाराको ५ अनुसार नेपालीको नेतृत्वमा वैकल्पिक सरकार बनेको हो ।

३१ जना सांसदको समर्थनमा नेपाली मुख्यमन्त्री बनेका हुन् । अब उनले  ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ८ : ५३ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी