१९ बैशाख २०८१, बुधबार | May 1, 2024

मृगौला उपचारमा रहेकी पाण्डेलाई ६७ हजार सहयोग



बुटवल । मृगौलाको समस्या भएकी रुपन्देहीकी एक युवतीलाई बुटवलका युवाहरुले नगद सहयोग गरेका छन ।

मृगौलाको उपचारमा रहेकी कन्चन गाउपालिका वडा नं ५ स्थाई घर भएकी २६ वर्षिय आयुषा पाण्डेलाई नगद ६७ हजार रुपैया सहयोग गरिएको हो ।

सामाजिक कार्यमा अग्रसर युवा जबिन कक्षपतिको नेतृत्वमा शनिबार होटल फ्लामिङ्गोमा आर्थिक रकम हस्तान्तरण गरेका हुन । संघिय योजना कार्यान्वन ईकाई कार्यालयमा करारमा कार्यरत २६ वर्षिय आयुषा पाण्डे २०७५ कार्तिकमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि परामर्शका लागि चिकित्सकका पुगिन चिकित्सकले भिडियो एक्सरे गर्ने सुझाव अनुसार परिक्षण गरि हेर्दा दुबै मृगौलामा समस्या देखियो ।

त्यसपछि थप परिक्षण गर्न भारत र नेपालको बिभिन्न अस्पतालमा पुग्दा दुबै मृगौला खराब रहेको पुष्टी भयो । केही समय औषधी सेवन गराएकी उनि अहिले भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालमा नियमित डाईलासिस गराउदै आएकी छिन् । अब मृगौला ट्रान्सप्लान्ट (प्रत्यारोपण) को तयारीका लागि चिकित्सकको परामर्श पछि आवश्यक परिक्षण र प्रत्यारोपण गर्ने तयारीमा समेत रहेको उनले बताईन ।

सामाजिक संजालमा ‘म जित्न सक्छु ।’ भन्ने पाण्डेको स्टाटस देखेका कक्षपति अचम्मित परे । निर्माण ब्यवसायमा आवद्ध कक्षपतिको कामको सिलसिलामा पाण्डेसंग केहि वर्ष अघि कार्यालयमा भेट भएकी सम्झना गरे । उनीसंग फोन सम्पर्क गरेर बुझे । पाण्डेको पारिवारिक अवस्था समस्या भएको बुझेपछि सहयोग गर्ने प्रतिवद्घता फोनमै जनाए। यसैबिच लक डाउन र अर्को तर्फ मुटुको उपचारमा काठमाण्डौ रहेका कक्षपतिले रोटरी क्लब अफ बुटवल डाउन टाउनका साथीहरुलाई यसबारे खबर गरे । यसमा सबैबाट सकारात्मक कुरा आयो ।

क्लबका अध्यक्ष पंकज ज्ञवालीले आर्थिक संकलनमा तुलसी घिमिरे, दिलिप गौचन, महेन्द्र रायमाझी, भानु केसी, भरत राना, अर्जुन पौडेल, भिमराज श्रेष्ठ, रोटरी क्लब अफ रुपन्देहीका पुर्व अध्यक्ष सुरज खत्री, नगेन्द्र घिमिरेको समेत आर्थिक सहयोग जुटेको उनले बताए । करिब २ महिना अघि संकलन भएको रकम उपचारको क्रममा रहेकी उनलाई शनिबार रकम हस्तान्तरण गरिएको हो ।

आयुषा घरको जेठी छोरी घर व्यवहार पनि पछिल्लो समय उनकै काधमा थियो । बुवा केही समय भारतमा रोजगार थिए । अहिले घरमै छन् । घर व्यवहारमा मद्धत गर्दै आएकी छोरीको मृगौला खराब भएको चिकित्सकले बताए पछि परिवारमा बज्रपात भएको छ । आर्थिक अवस्था सामान्य रहेको आयुषा केही समय देखि सरकारी जागीरे (करार) मा छिन् ।

करारमा रहेकाले उपचारका बेला लामो बिदा लिन नमिल्ने भएकाले कुनै पनि बेला जागिर छोडनु पर्ने हुन्छ । घरको आर्थिक अवस्था त्यति राम्रो छैन् र सुरुमै परिक्षण लगायतका कुरामा लाखौ खर्च भएको छ । थप उपचारका लागि रकम जुटाउन उनलाई चुनौती आईपरेको छ । आयुषाको उपचारमा सहयोग जुटाउन उनलाई मेघा बैंक भैरहवा शाखाको खाता नम्बर ०२९००५००५८०५५ आयुषा पाण्डे वा नबिल बैंक खाता नम्बर १३१००१७५०५९२० र ई सेवाबाट ९८६२७२७७७७ मा रकम जम्मा गर्न अनुरोध गरिन।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ९ : १३ बजे

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन

लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ नेपाल’ को सेवा शुभारम्भ

बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ

पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

पाल्पा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा