१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

आजको मौसम : देशभर सामान्यदेखि पूर्ण बदली, चार प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । नेपालको पूर्वी भू-भागहरुः प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा शुक्रबार प्रवेश गरेको मनसुन शनिबार गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भू-भागसम्म पुगेको छ । मनसुन अब पश्चिम नेपाल प्रवेश गर्ने चरणमा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

केही स्थानमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकाले अहिलेबाट नै आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले गत वर्षको तुलनामा यो वषै धेरै वर्षा हुनेभन्दै सम्भावित क्षति न्यूनिकरणका लागि पूर्व तयारी गर्न आग्रह गर्दै आएको छ ।

यसैबीच, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

आजराति देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ६ : ४५ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित