२२ भदौ २०८३, सोमबार | September 8, 2026

एमालेको फुटले गण्डकीमा कांग्रेसको मुख्यमन्त्री



काठमाडौं । गण्डकी प्रदेशबाट नेकपा (एमाले) नेतृत्वको सत्ता बहिर्गमन सुरु भएको छ । शनिबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त गरेकी हुन ।

पोखरेल संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन । योसँगै नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति नेपाली बनेका छन ।

पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नेपाली बहुमतको आधारमा मुख्यमन्त्री बनेका हुन । नेपाली मुख्यमन्त्री भएसँगै केन्द्रमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीका गतिविधि र पार्टीभित्रको द्वन्द्वको पहिलो प्रहार गण्डकी प्रदेशबाट सुरु भएको देखिन्छ ।

प्रदेश सरकारमा प्रभावकारी काम गर्दै आएको भनेर चौतर्फी प्रशंसा हुँदै आएका गुरुङ पहिलो पटक केन्द्रीय राजनीतिको सिकार भएका हुन ।

पार्टीभित्रको आन्तरिक द्वन्द्व र प्रधानमन्त्री ओलीले पटकपटक प्रतिनिधिसभा विघटन गर्दाको परिणामको रुपमा पृथ्वीसुब्बा गुरुङको बहिर्गमनलाई हेरिएको छ । यसको असर केन्द्रदेखि अन्य प्रदेशसमा समेत देख्न सकिने अनुमान गरिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ६ : ५२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार