१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि सात अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा



काठमाडौं । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि सात अर्ब २० करोड सहयोग गर्ने घोषणा गरेको छ ।

बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्थीका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

बैकबाट प्राप्त हुने उक्त रकमबाट गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न सहयोग पुग्ने विश्वास माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदद-जर्भोस व्यक्त गरे । “मानव पूँजी विकास तथा सबल पुनःनिर्माणलाई प्राथमिकतामा राख्नु कोभिड-१९ को महामारीका बेला अपरिहार्य भएको छ”, यहाँस्थित बैंकको देशीय कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ७ : २२ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु