२९ असार २०८३, सोमबार | July 13, 2026

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने



काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा यहाँस्थित विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिस्लेनले उक्त कुरा बताएका हुन् ।

त्यस अवसरमा उनीहरुबीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधिमैत्री शिक्षा प्रणालीबारे छलफल भएको थियो । विश्व बैङ्कले विशेषगरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ । दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।

मन्त्री पोखरेलले सरकारका प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास, ‘फाउन्डेसन लर्निङ’ सुदृढीकरण र शिक्षामा ‘डिजिटाइजेसन’ तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख ‘एजेन्डा’का रूपमा अघि बढाइएको बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  १ : ०७ बजे

गणेश नेपाली आत्मदाह प्रकरणमा परिवारले दियो जाहेरी, छानबिन प्रक्रिया अघि बढ्दै

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणमा

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता

काठमाडौँ । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा स्थानान्तरण