४ पुस २०८२, शुक्रबार | December 19, 2025

लुम्बिनी सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाद्वारा ह्वीप जारी



बुटवल । लुम्बिनी सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जनता समाजवादी पार्टी जसपाले आफ्ना सांसदहरुलाई ह्वीप लगाएको छ ।

जसपा संसदीय दलको तर्फबाट प्रमुख सचेतक पूरमती ढेंगा मगरले पार्टीका सांसदहरुलाई नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप लगाएकी हुन् । नीति तथा कार्यक्रम समयसापेक्ष नभएको भन्दै मगरले कार्यक्रम असफल पार्नका लागि संसदीय दलका नेताको निर्देशनमा ह्वीप लगाएकी हुन् ।

तर, जसपाकै चार जना सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल, सुमन शर्मा रायमाझी पार्टीको निर्देशन विपरित यसअघि नै सरकारमा सहभागी छन् । यी चारै जना सांसदहरु जसपाको महन्थ ठाकुर पक्षमा लागेका छन् । त्यसैले ह्वीप लगाइए पनि सरकारमै सहभागी भएका जसपाका चार मन्त्रीले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने सम्भावना भने देखिँदैन ।

उनीहरुलाई जसपा केन्द्रीय कार्यकारिणीको बहुमतले पार्टी निर्देशन विपरित सरकारमा सहभागी भएको भन्दै सांसद पदबाटै निस्काशन गरेको थियो । तर, अदालतको अन्तरिम आदेशले अहिले पद थमौती भएको छ । उपेन्द्र यादवको पक्षमा र संसदीय दलका नेता सहषराम यादव र मगर मात्र रहेका छन् ।

यही जेठ २५ गते प्रदेश प्रमुख धर्मनाथ यादवले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका थिए । त्यतिबेला विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले बैठक बहिस्का रगरेका थिए ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको पार्टी एमालेका ३८ जना सांसद रहेका छन् । मन्त्री समेत रहेका जसपाका ४ सांसदको समर्थन मिल्ने वित्तिकै नीति तथा कार्यक्रम सजिलै पास हुन्छ ।

सबै प्रदेश सरकारहरुले प्रदेशसभाबाट पारित नीति तथा कार्यक्रमकै आधारमा आगामी असार १ गते सरकारले वार्षिक बजेट सार्वजनिक गर्ने गर्छन् ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  १ : ५५ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ