१ माघ २०८१, मंगलबार | January 14, 2025

इजरायलको संसदमा प्रधानमन्त्री नेतन्याहूको सरकार विरुद्ध मतदान हुँदै



जेरुसेलम । एएफपी इजरायली सांसदहरुले आइतबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहू विरुद्ध संसदमा मतदान गर्ने भएका छन् । इजरायलको लिकुड पार्टीका नेता नेतन्याहू विगत १२ वर्षदेखि इजरायलको प्रधानमन्त्रीमा रहेका छन् ।

प्रधानमन्त्री नेतन्याहूको बहिर्गमनका लागि विपक्षीहरुले विचारधारात्मक मतभिन्नतालाई थाँती राखेर नयाँ गठबन्धन निर्माण गरेका छन् । यो गठबन्धनको एकमात्र उद्देश्य देशमा विगत १२ वर्षदेखि एकछत्र शासन गरिरहेका नेतन्याहूलाई विस्थापित गर्नु र देशमा संसदीय चुनावको सिलसिला रोक्नु रहेको छ ।

इजरायली संसद, जसलाई नेसेट भनिन्छ, ले प्रधानमन्त्री नेतन्याहूलाई विस्थापित गर्न नसके संसदको निर्वाचनमा देश होमिनु पर्नेछ । सन् २०१९ यता इजरायलमा चार पटक संसदीय निर्वाचन भइसकेको छ, तर कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेको छैन भने गठबन्धन निर्माण पनि हुन सकेका छैनन् ।

भ्रष्टाचारको आरोप खेपिरहनु भएका प्रधानमन्त्री नेतन्याहूले उक्त आरोपलाई विपक्षीहरुले अनावश्यक उछाली रहेको बताउँदै आफू कुनै पनि भ्रष्टाचारका कार्यहरुमा संलग्न नरहेको दाबी गरेका छन् ।

शनिबार राति करिब दुई हजार प्रदर्शनकारीले नेतन्याहूको निवास बाहिर सत्ता त्याग्नुपर्ने माग गर्दै प्रदर्शन समेत गरेका थिए । प्रदर्शनमा सहभागी ओफिर रोबिन्स्कीले नेतन्याहूको बहिर्गमनको दिन आइसकेको बताए ।

आठ वटा दलहरुको कमजोर गठबन्धनले नेतन्याहूलाई यस पटक चुनौती दिँदैछ । यस गठबन्धनमा यहूदी राष्ट्रवादी यामिना पार्टीदेखि अरब सांसदहरु समेत रहेका छन् । शुक्रबार गठबन्धन निर्माणका लागि दलका नेताहरुबीच अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतालाई संसदको सचिवालयमा दर्ता गरिएको यामिना पार्टीले जनाएको छ । विपक्षी गठबन्धनका नेता याइर लापिडले नेता नाफ्ताली बेनेटलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको छ । नयाँ सरकार बन्ने स्थितिमा पूर्व रक्षा मन्त्री बेनेट पहिलो दुई वर्षका लागि प्रधानमन्त्री बन्नु हुनेछ ।

गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने येस अटिड पार्टीका नेता लापिड बाँकी दुई वर्ष प्रधानमन्त्री बन्नेछन् ।

नेतन्याहूको विपक्षमा निर्माण भएको गठबन्धनमा तीन वटा दक्षिणपन्थी, दुई मध्यमार्गी र दुई वटा बामपन्थी पार्टीहरुका साथै अरब इस्लामिक पार्टी समावेश छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  २ : ११ बजे

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई अध्यक्ष प्रचण्डको आग्रह

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

गुल्मीको अग्लुङ-प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

काठमाडौँ । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक

मेयर कप भलिबल : उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने

बुटवल । माघे संक्रान्तिको अवसर पारेर बुटवलमा संचालन भएको प्रथम

विद्यालय परिषरमै सुरु भयो मदिरालय सहित बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला-२०८१ (फोटो फिचरसहित)

बुटवल । व्यापक आलोचनाका बीच बुटवलमा खाना महोत्सव तथा माघेसक्रान्ती