७ आश्विन २०८३, बुधबार | September 23, 2026

इजरायलको संसदमा प्रधानमन्त्री नेतन्याहूको सरकार विरुद्ध मतदान हुँदै



जेरुसेलम । एएफपी इजरायली सांसदहरुले आइतबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहू विरुद्ध संसदमा मतदान गर्ने भएका छन् । इजरायलको लिकुड पार्टीका नेता नेतन्याहू विगत १२ वर्षदेखि इजरायलको प्रधानमन्त्रीमा रहेका छन् ।

प्रधानमन्त्री नेतन्याहूको बहिर्गमनका लागि विपक्षीहरुले विचारधारात्मक मतभिन्नतालाई थाँती राखेर नयाँ गठबन्धन निर्माण गरेका छन् । यो गठबन्धनको एकमात्र उद्देश्य देशमा विगत १२ वर्षदेखि एकछत्र शासन गरिरहेका नेतन्याहूलाई विस्थापित गर्नु र देशमा संसदीय चुनावको सिलसिला रोक्नु रहेको छ ।

इजरायली संसद, जसलाई नेसेट भनिन्छ, ले प्रधानमन्त्री नेतन्याहूलाई विस्थापित गर्न नसके संसदको निर्वाचनमा देश होमिनु पर्नेछ । सन् २०१९ यता इजरायलमा चार पटक संसदीय निर्वाचन भइसकेको छ, तर कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेको छैन भने गठबन्धन निर्माण पनि हुन सकेका छैनन् ।

भ्रष्टाचारको आरोप खेपिरहनु भएका प्रधानमन्त्री नेतन्याहूले उक्त आरोपलाई विपक्षीहरुले अनावश्यक उछाली रहेको बताउँदै आफू कुनै पनि भ्रष्टाचारका कार्यहरुमा संलग्न नरहेको दाबी गरेका छन् ।

शनिबार राति करिब दुई हजार प्रदर्शनकारीले नेतन्याहूको निवास बाहिर सत्ता त्याग्नुपर्ने माग गर्दै प्रदर्शन समेत गरेका थिए । प्रदर्शनमा सहभागी ओफिर रोबिन्स्कीले नेतन्याहूको बहिर्गमनको दिन आइसकेको बताए ।

आठ वटा दलहरुको कमजोर गठबन्धनले नेतन्याहूलाई यस पटक चुनौती दिँदैछ । यस गठबन्धनमा यहूदी राष्ट्रवादी यामिना पार्टीदेखि अरब सांसदहरु समेत रहेका छन् । शुक्रबार गठबन्धन निर्माणका लागि दलका नेताहरुबीच अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतालाई संसदको सचिवालयमा दर्ता गरिएको यामिना पार्टीले जनाएको छ । विपक्षी गठबन्धनका नेता याइर लापिडले नेता नाफ्ताली बेनेटलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको छ । नयाँ सरकार बन्ने स्थितिमा पूर्व रक्षा मन्त्री बेनेट पहिलो दुई वर्षका लागि प्रधानमन्त्री बन्नु हुनेछ ।

गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने येस अटिड पार्टीका नेता लापिड बाँकी दुई वर्ष प्रधानमन्त्री बन्नेछन् ।

नेतन्याहूको विपक्षमा निर्माण भएको गठबन्धनमा तीन वटा दक्षिणपन्थी, दुई मध्यमार्गी र दुई वटा बामपन्थी पार्टीहरुका साथै अरब इस्लामिक पार्टी समावेश छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  २ : ११ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई