१८ चैत्र २०८२, बुधबार | April 1, 2026

महन्तले उपेन्द्र र उपेन्द्रले महन्त पक्षलाई गरेको कारवाही निर्वाचन आयोगबाट खारेज, दुबैलाई अध्यक्षमा पुनर्वाहाली



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्त ठाकुर पक्ष र उपेन्द्र यादव पक्षले एक अर्कालाई गरेको कारवाहप्लाई निर्वाचन आयोगले अस्विकार गरिदिएको छ । दुबै पक्षले दुबै पक्षले एक अर्कालाई कारवाही गरेर विवरण अद्यावधि गर्न निर्वाचन आयोगलाई दिएका निवेदनहरु उपर फैसला गर्दै आयोगले कारवाही कानुनसम्मत नभएको फैसला सुनाएको हो ।

निर्वाचन आयोगले महन्थ ठाकुर र उपेन्द्र यादव दुबै पक्षले गरेको कारवाहीलाई कानूनसम्मत नदेखिएको भन्दै दुबै अध्यक्ष पूर्ववत कायम रहने फैसला सुनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरु जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त निर्णयका रुपमा निर्वाचन आयोगले जसपाका दुबै पक्षको निवेदनलाई खारेज गरिदिएको हो ।

राजपाको बिधान अनुसार पत्राचार गर्दा दुबै अध्यक्षको हस्ताक्षर रहने व्यवस्था रहेपनि एकजना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ वमोजिम विवरण अद्यावधिक गरिदिन भनी जनकारी गराएको विषयलाई कानून र दलको विधानसम्मत मान्न नमिलेको आयोगले ठहर गरेको छ । ‘पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरी अद्यावधिकका लागि अनुरोध भई आएकोमा माग वमोजिम अद्यावधिक गर्न मिलेन ।’ निर्णयमा लेखिएको छ ।

अध्यनवधिक गर्न पठाएको पत्रमा पदाधिकारीको हेरफेर गरिएको उल्लेख गरिएको तर्फ संकेत गर्दै आयोगले ‘पदाधिकारीको हेरफेर शब्दावलीले पदाधिकारीको निश्कासनसम्मको अर्थभाव सुस्पष्ट रुपमा प्रकट नगर्ने स्पष्ट पारेको छ । ‘पदाधिकारीको हेरेफेरलाई पदाधिकारीको निष्काशनसम्मको अर्थ जनिने गरी सो शब्दको प्रयोग भएको भन्ने विधायिकी मनसायसमेत कानून व्याख्याको सन्दर्भमा उचित र ग्राह्य देखिँदैन ।’ निर्णयमा भनिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ७ : २४ बजे

संसद् अघिवेशनको अघिल्लो दिन सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा बसेको

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

भैरहवा । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित

कांग्रेस नेता चन्द्र भण्डारीको प्रश्न -‘पाका नेताहरू पाका बन्नु पर्दैन र ?’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संयमित र

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको