३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

युरोकप फुटबल : इंग्ल्याण्डले १-० गोल अन्तरले क्रोएसियालाई हरायो



काठमाडौं । जारी युरोकप २०२० अन्तर्गत पाँचौं खेलमा इङ्गल्याण्डले बलियो प्रतिद्वन्दी क्रोएसियालाई १-० गोल अन्तरले पराजित गरेको छ।

भर्खरै सम्पन्न समुह ‘डी’को खेलमा एकमात्र गोल रहिम स्टरलिङले गरे । लन्डनको ‘वेम्बली’ मैदानमा भएको खेलको ५७ औं मिनेटमा स्टरलिङले गोल गरेका थिए । उनले क्यालभिन फिलिप्सको शानदार पासमा गोल गर्न सफल भएका हुन ।

त्यसपछि सन् २०१८ को फिफा विश्वकप उप-विजेता क्रोएसियाले खेलमा फर्किन धेरै अवसरहरु सिर्जना गर्दा पनि गोल भने गर्न सकेन । बलियो मानिएको क्रोएसियालाई पराजित गरेको इङ्ल्यान्ड समुह ‘डी’ को शीर्ष स्थानमा उक्लिएको छ ।

समुह ‘डी’ अन्तर्गत स्कटल्यान्ड र चेक गणतन्त्र बिचको खेल भोलि खेलिने तालिका रहेको छ । यस समूहमा यी दुईबाहेक चेक रिपब्लिक र स्कटल्याण्ड पनि छन । यी दुई टिमबीच भने भोलि साँझ खेल हुनेछ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ९ : २२ बजे

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा नयाँ अध्यादेश जारी गरेका छन्।

सवारी साधन चोरी गर्ने गिरोहका नाइके १० थान चोरीका मोटरसाइकलसहित पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाँके र त्यस आसपासका क्षेत्रमा सवारी