१७ माघ २०८२, शनिबार | January 31, 2026

युरोकप फुटबल : इंग्ल्याण्डले १-० गोल अन्तरले क्रोएसियालाई हरायो



काठमाडौं । जारी युरोकप २०२० अन्तर्गत पाँचौं खेलमा इङ्गल्याण्डले बलियो प्रतिद्वन्दी क्रोएसियालाई १-० गोल अन्तरले पराजित गरेको छ।

भर्खरै सम्पन्न समुह ‘डी’को खेलमा एकमात्र गोल रहिम स्टरलिङले गरे । लन्डनको ‘वेम्बली’ मैदानमा भएको खेलको ५७ औं मिनेटमा स्टरलिङले गोल गरेका थिए । उनले क्यालभिन फिलिप्सको शानदार पासमा गोल गर्न सफल भएका हुन ।

त्यसपछि सन् २०१८ को फिफा विश्वकप उप-विजेता क्रोएसियाले खेलमा फर्किन धेरै अवसरहरु सिर्जना गर्दा पनि गोल भने गर्न सकेन । बलियो मानिएको क्रोएसियालाई पराजित गरेको इङ्ल्यान्ड समुह ‘डी’ को शीर्ष स्थानमा उक्लिएको छ ।

समुह ‘डी’ अन्तर्गत स्कटल्यान्ड र चेक गणतन्त्र बिचको खेल भोलि खेलिने तालिका रहेको छ । यस समूहमा यी दुईबाहेक चेक रिपब्लिक र स्कटल्याण्ड पनि छन । यी दुई टिमबीच भने भोलि साँझ खेल हुनेछ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ९ : २२ बजे

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

चौथो न्यू होराइजन कप अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो न्यू होराइजन कप अन्तर माध्यमिक

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।