७ आश्विन २०८३, बुधबार | September 23, 2026

भारी वर्षा र हुरीका कारण पाकिस्तानमा १० जनाको मृत्यु



एजेन्सी । पाकिस्तानको विभिन्न क्षेत्रमा भारी वर्षा र हुरीको कारण कम्तिमा १० व्यक्तिको ज्यान गएको छ । खराब मौसमका कारण खैबर पख्तूनख्वामा पाँच, बलूचिस्तानमा तीन र पञ्जाबमा दुई जनाको मृत्यु भएको हो ।

खैबर पख्तुनख्वाको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरण ९पीडीएमए० का अनुसार, वर्षासँग सम्बन्धित विभिन्न घटनामा पाँच जनाको ज्यान गएको र अन्य छ जना घाइते भएका छन् ।

यसैबीच, बलूचिस्तानको कोहलु जिल्लाका विभिन्न भागमा विद्युत सर्ट हुदा तीन व्यक्तिको मृत्यु भएको द न्यूजले जनाएको छ । बलूचिस्तानको बरखान जिल्लामा भारी वर्षाका कारण स्थानीय खोलामा बाढी आएको छ र ग्रामीण क्षेत्रको साथ सहरसँगको सम्पर्क टुटेको जनाइएको छ ।

पाकिस्तानी राज्य खैबर पख्तूनख्वाका मुख्यमन्त्री मोहमद् खानले बर्षाका कारण जनधनको क्षति भएकोमा दुख व्यक्त गरेको अन्तराष्ट्रिय समाचार संस्था द न्युजले जनाएको छ ।

उनले बर्षाका कारण विभिन्न स्थानमा डुबानहरू भएको र उनीहरूको उद्धार गरी पीडितलाई सम्बन्धित जिल्ला प्रशासनमार्फत राहत दिइने बताएका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ७ : १८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई