१७ माघ २०८२, शनिबार | January 31, 2026

भारी वर्षा र हुरीका कारण पाकिस्तानमा १० जनाको मृत्यु



एजेन्सी । पाकिस्तानको विभिन्न क्षेत्रमा भारी वर्षा र हुरीको कारण कम्तिमा १० व्यक्तिको ज्यान गएको छ । खराब मौसमका कारण खैबर पख्तूनख्वामा पाँच, बलूचिस्तानमा तीन र पञ्जाबमा दुई जनाको मृत्यु भएको हो ।

खैबर पख्तुनख्वाको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरण ९पीडीएमए० का अनुसार, वर्षासँग सम्बन्धित विभिन्न घटनामा पाँच जनाको ज्यान गएको र अन्य छ जना घाइते भएका छन् ।

यसैबीच, बलूचिस्तानको कोहलु जिल्लाका विभिन्न भागमा विद्युत सर्ट हुदा तीन व्यक्तिको मृत्यु भएको द न्यूजले जनाएको छ । बलूचिस्तानको बरखान जिल्लामा भारी वर्षाका कारण स्थानीय खोलामा बाढी आएको छ र ग्रामीण क्षेत्रको साथ सहरसँगको सम्पर्क टुटेको जनाइएको छ ।

पाकिस्तानी राज्य खैबर पख्तूनख्वाका मुख्यमन्त्री मोहमद् खानले बर्षाका कारण जनधनको क्षति भएकोमा दुख व्यक्त गरेको अन्तराष्ट्रिय समाचार संस्था द न्युजले जनाएको छ ।

उनले बर्षाका कारण विभिन्न स्थानमा डुबानहरू भएको र उनीहरूको उद्धार गरी पीडितलाई सम्बन्धित जिल्ला प्रशासनमार्फत राहत दिइने बताएका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ७ : १८ बजे

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

चौथो न्यू होराइजन कप अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो न्यू होराइजन कप अन्तर माध्यमिक

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।