७ आश्विन २०८३, बुधबार | September 23, 2026

आजको मौसम : देशभर सामान्यदेखि पूर्ण बदली, केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यही जेठ २८ गते नेपालको पूर्वी भू-भाग हुँदै प्रवेश गरेको मनसुन आइतबारदेखि देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भइरहेको छ ।

महाशाखाले सोमबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश नम्बर-१, प्रदेश नम्बर-२, गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश-२, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश-१, प्रदेश-२, गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ८ : ३५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई