१७ माघ २०८२, शनिबार | January 31, 2026

नेपाललाई तत्काल कोरोना खोप सहयोग गर्न विश्व समुदायलाई एमनेस्टी इन्टरनेशनलको आग्रह



काठमाडौं । मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले नेपाललाई तत्काल कोरोना विरुद्धको खोप सहायता गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

एमनेस्टीले सोमबार विज्ञप्ति प्रकाशित गर्दै कोरोना विरुद्ध लड्न अन्तराष्ट्रिय समुदायले एकसाथ सहयोग गर्न आग्रह गरेको हो ।

एमनेस्टीले स्वास्थ्य प्रणालीको बोझ कम गर्न र भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न नेपालद्वारा भएका प्रयासहहरूलाई कोभिड–१९ विरुद्धको खोपको अभावले गम्भीर रूपमा अवरोध पुरर्याएको छ जनाएको छ ।

‘अन्तर्राष्ट्रिय समुदायले आफ्नो तर्फबाट अक्सिजन, भेन्टिलेटर, खोप र अन्य जीवन बचाउने वस्तुहरूको आपूर्ति तत्कालै उपलब्ध गराउनुपर्दछ।’, एमनेस्टीको विज्ञप्तिमा भनिएको छ, ‘चीन र संयुक्त राज्य अमेरिकाले नेपाललाई खोप दिने वाचा गरेका भए पनि यो मात्रै पर्याप्त हुन्न। अन्तर्राष्ट्रिय समुदाय एकसाथ अगाडि आउनुपर्छ।’

‘हामीले एक महिनाअघि भारतमा जुनखालको हतास अवस्था देखेका थियौँ त्यस्तै अवस्था अहिले नेपालमा पनि देखिरहेका छौँ’ एम्नेस्टी  इन्टरनेसनलकी एसिया प्यासिफिक निर्देशक यमिनी  मिश्रले भनेकी छिन्, ‘अस्पतालहरूमा क्षमता भन्दा बढी बिरामीको चापका कारण देशको स्वास्थ्य सेवा प्रणाली लड्खडाइरहेको छ र अत्यधिक कामको बोझमा रहेका र निराश लाग्दो तहको न्यून श्रोत साधनमा रहेर खटिरहेका स्वास्थ्य कर्मचारीहरूले अत्यासलाग्दो तहको आफ्नो मागलाई पूरा गर्न सकिरहेका छैनन् ।”

नेपालका अधिकारीहरूले अहिले नै हजारौंको ज्यान बचाउन हालसम्मको निष्क्रियता र प्रशासनिक झगडाले अड्किरहेको अक्सिजनको खरिद् र आपूर्तिलाई प्राथमिकता दिन एमनेस्टीले ध्यानाकर्षण गरेको छ । नेपालको आन्तरिक राजनीतिक कलहका कारण कोरोना नियन्त्रणमा राज्यका पर्याप्त ध्यान नपुगेको एमनेस्टीले ठहर गरेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  २ : ३५ बजे

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

चौथो न्यू होराइजन कप अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो न्यू होराइजन कप अन्तर माध्यमिक

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।