४ बैशाख २०८१, मंगलबार | April 16, 2024

बाँकेमा थपियो १ साता निषेधाज्ञा, व्यापार व्यवसाय दिउँसो २ बजेसम्म खोल्न पाईने



नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा १ साताका लागि जारी निषेधाज्ञालाई थप गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसका आधारमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले थप १ साताको लागि निषेधाज्ञाको आदेश जारी गरेका छन् ।

यस पटक थप गरिएको निषेधाज्ञाको मोडालिटी भने परिवर्तन गरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै बिहान ७ बजेबाट दिउँसो २ बजे सम्म ब्यापार व्यवसाय संचालन गर्न पाईने छ भने होटल रेष्टुरेन्टहरुले होम डेलिभरी सेवा दिन पाउने छन् । श्रमिकहरुलाई उद्योग परिषरमै बासस्थानको व्यवस्था मिलाएर उद्योगहरु पनि संचालन गर्न पाईने प्रमुख जिल्ला अधिकारी गेलालले जारी गरेको आदेशमा उल्लेख छ । दुर शिक्षा वा बैकल्पिक प्रणाली अवलम्बन गरि शैक्षिक संस्थाहरु समेत संचालन गर्न पाईने भएको छ ।

अन्य प्रतिबन्धात्क नियमहरु भने पूर्ववत कायम गरिएको छ । प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश पालना गर्नु सबैको कर्तब्य हुने उल्लेख गर्दै सुचनामा आदेश उल्लंघन गरेमा कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम ब्यक्तिले उल्लंघन गरेमा १ लाख रुपैयाँ सम्म र संस्थाले उल्लंघन गरेमा ५ लाख सम्म जरिवाना गरिने उल्लेख गरिएको छ ।

बाँकेमा काेराेनाकाे दाेस्राे लहर सुरु भएसँगै नेपालमै पहिलाे पटक नेपालगञ्जबाट निषेधाज्ञा जारी भएकाे थियाे । बैशाख ८ गते नेपालगञ्ज उपमहानगरबाट प्रारम्भ भएकाे निषेधाज्ञा बैशाख १३ बाट बाँके जिल्लाभरी जारी भएकाे थियाे ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ३ : ३३ बजे

आम्दा अस्पताल ३०० शैयामा स्तर बृद्धि, अव पाठेघरको क्यान्सरको उपचार आम्दाबाटै

बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आम्दा अस्पतालको स्तरउन्नतिका

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई

बुटवलको कालिकानगरमा बेष्ट ईस्टिच्युट संचालन

बुटवल । बुटवलको कालिकानगरमा बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि

२३ किलो चरेस सहित रुकुमका बमबहादुर पुन बर्दियाबाट पक्राउ

बर्दिया । बर्दियाको फुटाहा स्थित नेपाल भारत सीमाको दशगजा नजिकैबाट