१८ चैत्र २०८२, बुधबार | April 1, 2026

बाँकेमा थपियो १ साता निषेधाज्ञा, व्यापार व्यवसाय दिउँसो २ बजेसम्म खोल्न पाईने



नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा १ साताका लागि जारी निषेधाज्ञालाई थप गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसका आधारमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले थप १ साताको लागि निषेधाज्ञाको आदेश जारी गरेका छन् ।

यस पटक थप गरिएको निषेधाज्ञाको मोडालिटी भने परिवर्तन गरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै बिहान ७ बजेबाट दिउँसो २ बजे सम्म ब्यापार व्यवसाय संचालन गर्न पाईने छ भने होटल रेष्टुरेन्टहरुले होम डेलिभरी सेवा दिन पाउने छन् । श्रमिकहरुलाई उद्योग परिषरमै बासस्थानको व्यवस्था मिलाएर उद्योगहरु पनि संचालन गर्न पाईने प्रमुख जिल्ला अधिकारी गेलालले जारी गरेको आदेशमा उल्लेख छ । दुर शिक्षा वा बैकल्पिक प्रणाली अवलम्बन गरि शैक्षिक संस्थाहरु समेत संचालन गर्न पाईने भएको छ ।

अन्य प्रतिबन्धात्क नियमहरु भने पूर्ववत कायम गरिएको छ । प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश पालना गर्नु सबैको कर्तब्य हुने उल्लेख गर्दै सुचनामा आदेश उल्लंघन गरेमा कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम ब्यक्तिले उल्लंघन गरेमा १ लाख रुपैयाँ सम्म र संस्थाले उल्लंघन गरेमा ५ लाख सम्म जरिवाना गरिने उल्लेख गरिएको छ ।

बाँकेमा काेराेनाकाे दाेस्राे लहर सुरु भएसँगै नेपालमै पहिलाे पटक नेपालगञ्जबाट निषेधाज्ञा जारी भएकाे थियाे । बैशाख ८ गते नेपालगञ्ज उपमहानगरबाट प्रारम्भ भएकाे निषेधाज्ञा बैशाख १३ बाट बाँके जिल्लाभरी जारी भएकाे थियाे ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ३ : ३३ बजे

नक्कली लेटरप्याड प्रयोग गरेको भन्दै पूर्णबहादुर खड्कासहितका नेताहरुलाई कांग्रेसले गरायो सचेत

काठमाडौं । नेपाली कांग्रेसले नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अबैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

नेपालगन्ज । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा सञ्चालन भइरहेका अवैध

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको

नेप्सेमा पहिरो जाने क्रम रोकिएन, आज ७४ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ७४ दशमलव ७३

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने सरकारी प्रयासविरुद्ध १४ संगठनको संयुक्त विरोध

काठमाडौं । विद्यार्थी संगठनहरु खारेज गर्ने र विश्वविद्यालयबाट विद्यार्थी संगठनहरूलाई