७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपाल निवासमा विपक्षी गठबन्धनका शीर्ष नेताहरूबीच छलफल



काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा शीर्ष नेताहरूबीच भेट भएको हो ।

छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास पुगेका छन् । पहिला देउवा र त्यसपछि प्रचण्ड पुगेको नेता नेपालको सचिवालयले जनाएको छ ।

शीर्ष नेताहरूबीच पछिल्लो राजनीतिक अवस्था, सर्वोच्च अदालतले एमालेबारे गरेको अन्तरिम आदेश र त्यसपछि उत्पन्न हुनसक्ने परिस्थिति लगायतका विषयमा छलफल भएको बताइएको छ ।

नेताहरूबीच पूर्वप्रधानमन्त्रीको तर्फबाट जारी गरिएको प्रेस विज्ञप्तिपछिको प्रतिक्रिया बारेमा पनि छलफल भएको बताइएको छ ।

यसअघि विपक्षी दलका नेताहरूबीच देउवा निवास बुढानिलकण्ठमा छलफल हुने गरेको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ७ : ०४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई